Aamsanchar

मिक्लाजुङका शिक्षक राजेन्द्र श्रेष्ठको हत्या आरोपमा विप्लव समूहका मोरङ इन्चार्ज पक्राउ

Author Image
बिहिवार, माघ ८, २०७७

काठमाडौं । नेकपा विप्लव समूहका मोरङ जिल्ला इन्चार्ज डिबि सिलवाल भन्ने धन बहादुर विकलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई मोरङको बुढीगंगा गाउँपालिका ४ बाट बुधबार दिउँसो २ बजे पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले बिहीबार जानकारी दिएको छ । विकले मिक्लाजुङका शिक्षक राजेन्द्र श्रेष्ठको हत्या गरेको प्रहरीले दाबी गरेको छ ।

उनको साथबाट सेमी अटोमेटिक पेस्तोल एक थान, गोली ३ थान लगायतका हतियार र को २४ प ४००५ नम्बरको मोटरसाइकलसमेत बरामद गरिएको प्रहरी नायव उपरीक्षक मानबहादुर राईले जानकारी दिएका छन् । उनलाई जिल्ला प्रहरी कार्यालय मोरङमा ल्याई हातहतियार खरखजना कसूरमा थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 183

प्रतिक्रिया (०)

सम्बन्धित खबर