Aamsanchar

मानवताको सेवामा बुधबारे जेसीजको कदम

Author Image
बिहिवार, माघ ८, २०७७

बुधबारे । बुधबारे जेसीजले बिहिबार बुद्धशान्ति गाउँपालिकाका १६ जना विपन्न विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री प्रदान गरेको छ ।
आर्थिक रुपमा विपन्न वालबालिकालाई सहयोग गर्ने उद्देश्यले बुद्धशान्ति वडा नम्बर ५ र ६ का १६ जना विद्यार्थीलाई शैक्षिक सामग्री, ज्याकेट, हातमा लगाउने पञ्जा तथा १५ जना विपन्न जेष्ठ नागरिकलाई जुत्ता वितरण गरिएको हो ।

गडिगाउँ माविमा भएको कार्यक्रम बुधबारे जेसीजका अध्यक्ष अनिल वाग्लेको सभापतित्व तथा प्राज्ञ सभा सदस्य सुभद्रा भट्टराईको प्रमुख आतिथ्यमा भएको थियो । कार्यक्रमका संयोजक बुधबारे जेसीजका उपाध्यक्ष रुद्र निरौला रहेका थिए ।

विष्णु लामिछानेले सञ्चालन गरेको कार्यक्रममा कार्यक्रम संयोजक निरौलाले स्वागत तथा औचित्य माथि प्रकाश पारेका थिए । उक्त कार्यक्रम सम्पन्न गर्न सरगम संगीतालय विर्तामोडले न्यानो कपडा सहयोग गरेको थियो । २०२१ ले पदभार ग्रहण गरे यता बुधबारे जेसीजको यो पाचौँ कार्यक्रम हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 95

प्रतिक्रिया (०)

सम्बन्धित खबर