Aamsanchar

बैदेशिक रोजगारको क्रममा कोरोनाका कारण मृृत्युभएका परिवारलाई आइएमइको राहत

Author Image
बिहिवार, माघ ८, २०७७

झापा- बैदेशिक रोजगारको सिलसिलामा कोरोना भाइरसका कारण दिबङ्गत भएका परिवारलाई राहत स्वरुप रकम हस्तान्तरण गरिएको छ । आइएमइ  लाइफ इन्स्योरेन्स कम्पनिको सभाहलमा आयोजित कार्यक्रममा आइएमइ ग्रुपको आयोजनामा उक्त रकम हस्तान्तरण गरिएको हो ।

आइएमइ रेमिट्यन्स मार्फत कारोबार गर्ने ब्यक्तिका परिवारलाई रकम हस्तान्तरण गरिएको आइएमइ इन्स्योरेन्स कम्पनिका एक नम्बर प्रदेश संयोजक कर्मराज पौडेलले जानकारी दिए । आइ.एम. इ. ग्रुपका अध्यक्ष तथा नेपाल उध्योग बाणिज्य महासंघ का बरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालको हातबाट ६ परिवारलाई ५८ हजार ८ सय २३ रुपैयाका दरले रकम हस्तान्तरण गरिएको हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 259

प्रतिक्रिया (०)

सम्बन्धित खबर