Aamsanchar

प्रेमिकालाई गोली हानेर हत्या गरेको अभियोगमा १० बर्ष पछी १ जना पक्राउ

Author Image
शुक्रवार, माघ ९, २०७७

काठमाडौं – दश वर्षअघि प्रेमिकालाई गोली हानेर हत्या गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ताप्लेजुङ, छाँगे–१ घर भई काठमाडौंको टोखा क्षेत्रमा लुकिछिपी बस्दै आएका कुमुकहाङ लिम्बु छन् ।

जिल्ला प्रहरी कार्यालय, पाँचथरको आग्रहमा काठमाडौं प्रहरी परिसर, टेकुले उनलाई पक्राउ गरेको हो । लिम्बुलाई कानुनी कारबाहीका लागि पाँचथर पठाउने तयारी गरिएको छ । पाँचथर प्रहरीका अनुसार २०६७ मा लिम्बुले सामान्य विवादमा प्रेमिकालाई गोली हानेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 238

प्रतिक्रिया (०)

सम्बन्धित खबर