Aamsanchar

दमकबाट ल्यापटप चोरी गरी बिर्तामोडमा बेच्न खोज्ने २ जना पक्राउ

Author Image
शनिवार, माघ १०, २०७७

झापा- चोरी गरी ल्याएको ल्यापटप बिक्री गर्न खोज्ने दुई जना बिर्तामोडबाट पक्राउ परेका छन् । शुक्रबार दिउँसो ३ बजे बिर्तामोड नगरपालिका वडा नं. ६ बुट्टाबारी बजार क्षेत्रमा दमक ७ बस्ने ३० वर्षिय अजय मल्लिक र सोही ठाउँका २० वर्षिय देव परियारलाई प्रहरीले पक्राउ गरेको हो । उनिहरुले एसर र एचपी कम्पनीको २ थान ल्यापटप सस्तो मूल्यमा बिक्री गर्न खोजेका थिए ।

गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको प्रहरी टोलीले ल्यापटपसहित दुवै जनालाई नियन्त्रणमा लिई सोधपुछ गर्दा उक्त ल्यापटप दमक क्षेत्रबाट चोरी गरी ल्याएको भनी खुल्न आएको प्रहरीले बताएको छ । थप अनुसन्धान तथा कानुनी कार्बाहीको लागि ईलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 274

प्रतिक्रिया (०)

सम्बन्धित खबर