Aamsanchar

व्यवसाय गर्दै आएका तिन सय जनाले लिए फेशन डिजाइन तथा कोट कटिङ तालिम

Author Image
शनिवार, माघ १०, २०७७

बिर्तामोड ।  नेपाल कपडा तथा सिलाई व्यवसायी संघ झापाले फेशन डिजाइन तथा कोट कटिङ तालिम समापन गरेको छ ।

झापाका ३ वटा नगरपालिका तथा एउटा गाउँपालिकामा पुस २२ गतेदेखि आयोजना गरेको तालिम शनिवार बिर्तामोडमा समापन गरेको हो ।

संघका झापा अध्यक्ष दिलिप सुन्दासको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघका अध्यक्ष रामकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो । झापाको बिर्तामोड, कनकाई मेचीनगर नगरपालिका तथा बुद्धशान्ति गाउँपालिकामा भएको तालिममा ३ सय जना प्रशिक्षार्थी सहभागी रहेका महासंघका केन्द्रिय सदस्य हरि नेपालीले जानकारी दिए ।

समापन कार्यक्रममा तालिममा सहभागी प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण तथा पुराना व्यवसायीलाई सम्मान गरिएको थियो । व्यवसायीको क्षमता विकास गर्ने उदेश्यले तालिमको आयोजना गरिएको हो । तालिम तथा प्रमाणपत्र वितरणमा करिव ९ लाख रुपैयाँ खर्च भएको अध्यक्ष सुन्दासले बताए । तालिमको सहजीकरण कोटको राष्ट्रिय प्रशिक्षक मिलन नेपाली र फेशन डिजाइनको सारदा श्रेष्ठ, संगिता गौतम र यामुना रोकायाले गरेका थिए ।

स्वागत संघका उपाक्ष्यक्ष रमेश शिवाले गरेको कार्यक्रममा महासंघका उपाक्ष्यक्ष फिरोज अली, केन्द्रिय सदस्य हरि नेपाली, सन्त परियार, ज्ञानु श्रेष्ठ, राजन दर्नाललगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन संघका सचिव महेन्द्र दासले गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 186

प्रतिक्रिया (०)

सम्बन्धित खबर