Aamsanchar

वीरता जेसीजको ४० औं पद हस्तान्तरण

Author Image
शनिवार, माघ १०, २०७७

सफल ग्रहण गर्दै सन् २०२१ का अध्यक्ष धिमाल ।

बिर्तामोड  । वीरता जेसीज बिर्तामोडको ४० औं पद हस्तान्तरण तथा पुरस्कार वितरण समारोह सम्पन्न भएको छ ।

वीरता जेसीज सन् २०२० का अध्यक्ष मिजाश पोखरेलको गलामा रहेको जेसीज अध्यक्षीय चेन र पिन वीरता जेसीजका भूतपूर्व अध्यक्षहरुद्वारा वीरता जेसीजको ४० औं अधिवेसन तथा शाखा अधिवेसनबाट अध्यक्षमा सर्वसम्मत चयन भएका सन् २०२१ का अध्यक्ष राजिव धिमालको गलामा पहि¥याएर पद हस्तान्तरण गरिएको थियो ।
वीरता जेसीजका निवर्तमान अध्यक्ष तथा निर्वाचन अधिकृत विशाल थापाले सन् २०२१ का अध्यक्ष राजिव धिमालसहित नवनिर्वाचित पदाधिकारीहरुको घोषणा गरेका थिए ।
सन् २०२१ को अध्यक्षमा चयन भएसँगै अध्यक्ष धिमालले महासचिवमा लोकचन्द्र श्रेष्ठ (एलसी) ,कानूनी सल्लाहकारमा प्रविण खड्का, कोषाध्यक्षमा दिवाकर प्रसाईं, सह कोषाध्यक्षमा पुकार बराललाई मनोनित गरेका थिए ।

सन् २०२० का अध्यक्ष पोखरेललाई निवर्तमान अध्यक्षको पिन लगाई दिदै पूर्व अध्यक्ष विनोद बस्नेत ।

कार्यक्रममा वीरता जेसीजका निवर्तमान अध्यक्ष तथा निर्वाचन अधिकृत विशाल थापाले सन् २०२१ का अध्यक्ष राजिव धिमाललाई शपथ ग्रहण गराएका थिए भने सन् २०२१ का अध्यक्ष धिमालले निर्वाचित तथा मनोनयन भएका पदाधिकारीहरुलाई शपथ ग्रहण गराएका थिए ।
कार्यक्रममा वीरता जेसीजका निवर्तमान अध्यक्ष थापालाई भूतपूर्व अध्यक्ष क्लवमा पदस्थापन गरिएको थियो भने सन् २०२० का अध्यक्ष मिजाश पोखरेललाई निवर्तमान अध्यक्षमा पदस्थापन गरिएको थियो ।

सन् २०२१ अध्यक्ष राजिव धिमालबाट सफल लिदै कार्यसमिति पदाधिकारीहरु ।

वीरता जेसीज सन् २०२० का अध्यक्ष मिजाश पोखरेलको अध्यक्षता तथा झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कार्यकारीणी उपाध्यक्ष तथा कार्यक्रम संयोजक घनश्याम चौधरीले स्वागत गरेका थिए ।

वीरता जेसीजका उपाध्यक्ष टीकाराम खतिवडाले आस्था वाचन गरेको कार्यक्रममा सदस्य दिपेन धिमालले जेसीआई मिसन भिजन र थिम वाचन गरेका थिए ।
वीरता जेसीजकोे ४० औं अधिवेसन तथा शाखा अधिवेसनबाट अध्यक्षमा सन् २०२१को अध्यक्षमा राजिव धिमाल निर्विरोध निर्वाचित भएका थिए भने कार्यकारीणी उपाध्यक्षमा विकास बस्नेत , अशोक चौधरी, उपाध्यक्षहरुमा जनक खड्का, कृष्ण अग्रवाल, अमरजीत साह, सुरज चौधरी,सहसचिवमा टिकाराम खतिवडा , जनसम्पर्क अधिकारीमा अनन्तलाल महतो, प्रकरण निर्देशकमा कमल श्रेष्ठ, तालिम संयोजकमा प्रभात मास्के निर्विरोध निर्वाचित भएका थिए ।

सन् २०२१ अध्यक्ष राजिव धिमालबाट सफल लिदै कार्यसमिति पदाधिकारीहरु ।

कार्यक्रममा झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिना , पूर्व राष्ट्रिय उपाध्यक्ष तथा जेसीज पूर्व अध्यक्ष क्लब झापाका अध्यक्ष विनोद वस्नेत ,बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा सन् २०२० का अध्यक्ष मिजाश पोखरेलले अध्यक्ष्यीय मन्तव्य राखेका थिए । उनले कोभिडको त्रासका कारण धेरै कार्य गर्न नसके पनि रचनात्मक कार्य गरेको जानकारी गराउँदै सहयोग गर्ने सवैलाई धन्यवाद दिएका थिए । त्यस्तै सन् २०२१ का अध्यक्ष राजिव धिमालले वीरता जेसीजलाई नयाँ उचाई प्रदान गर्ने प्रतिवद्धता जनाएका थिए ।

एटुजेड डान्स एकाडेमीका कलाकारहरुले नृत्य प्रस्तुत गरेको कार्यक्रमको सञ्चालन सन् २०२०का महासचिव विकास वस्नेत र २०२१ का महासचिव लोकचन्द्र श्रेष्ठ (एलसी) ले गरेको कार्यकारीणी उपाध्यक्ष तथा कार्यक्रम संयोजक प्रवेश वस्नेतले जानकारी दिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 254

प्रतिक्रिया (०)

सम्बन्धित खबर