Aamsanchar

बिर्तामोड : ईलेक्ट्रोनिक्स पसलको स्टोरमा आगलागी हुँदा ५० लाख बराबरको क्षति

Author Image
आइतवार, माघ ११, २०७७

झापा- आज बिहान बिर्तामोड नगरपालिका वडा नं. ५ भद्रपुर रोडमा रहेको एक ईलेक्ट्रोनिक्स पसलको स्टोरमा आगलागी भएको छ । उमा प्रसाद सिटौलाको घरका दोस्रो तलामा रेहेको ईलेक्ट्रोनिक्स पसलमा विद्युत सर्ट भइ आगलागी भएको हो । आगलागिबाट पसल भित्र रहेको वाल घडी, पंखा, ईलेक्ट्रिक बल लगायतका सामानहरुपुर्ण रुपमा जलेर ५० लाख बराबरको क्षति भएको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरिक्षक राकेश थापाले जानकरी दिए ।

आगोलागी स्थानिय बासी,प्रहरी र बिर्तामोड नगरपालिकाको दमकलकोसहयोगमा बिहान ०७ः२० बजे पुर्ण रुपमा नियन्त्रणमा आएको थियो । भद्रपुर नगरपालिका वडा नं. ६ बस्ने बिकास अग्रवालले उक्त ईलेक्ट्रोनिक्स पसल संचालन गर्दै आएका थिए । घट्नाको सम्बन्धमा ईलाका प्रहरी कार्यालय अनारमनिबाट अनुसन्धान भई रहेको बताईएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 281

प्रतिक्रिया (०)