Aamsanchar

कोभिडविरुद्धको खोपका लागि जनता कति शुल्क तिर्न तयार छन् भन्‍ने अनुसन्धान गर्दै सरकार

Author Image
आइतवार, माघ ११, २०७७

काठमाडौ –भारतले अनुदानस्वरूप दिएको भारतकै सिरम कम्पनीले बनाएको कोभिशिल्ड’ खोप सुभारम्भ गर्ने बताइरहेको बेला स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत रहेको नेपाल स्वास्थ्य अनसन्धान परिषदले यदि नेपालमा शुल्क तिरेर कोभिडविरुद्धको खोप लगाउन परे कति शुल्क तिर्न तयार हुनुहुन्छ?भन्नेबारे अनुसन्धान गर्ने भएको छ।

परिषद्ले कोभिड खोप बजारमा उपलब्ध भएमा कति शुल्क तिर्न सर्वसाधारण इच्छुक रहेछन् भन्ने बुझन्नकै लागि मात्रै यो अनुसन्धान गर्न लागिएको बताइएको छ। जसको लागि यस अनुन्धानसम्बन्धी चासो लागेमा ४२५४२२० मा सम्पर्क गरेर बुझ्न सकिनेसमेत बताइएको छ।

भविष्यमा सर्वसाधारणमाझ कोभिड-१९ विरुद्धको भ्याक्सिन उपलब्ध हुने र वर्तमान सरकारी स्रोतको सीमितता रहेको परिप्रेक्ष्यमा आमनागरिकले सो भ्याक्सिनको लागि आफ्नोतर्फबाट अधिकतम तिर्न तयार रहेको मूल्य बुझ्नको लागि यो अनुसन्धान गर्न लागिएको बताइएको छ।

Views: 237

प्रतिक्रिया (०)

सम्बन्धित खबर