जनकपुरधाम । महोत्तरीको औरही नगरपालिकामा टिपरको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । नगरपालिकाको वडा नम्बर ४ कठुवारमा सोमबार बिहान ना ८ ख ९८० नम्बरको टिपरले ज ६ प १४०९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक १९ वर्षीय प्रमोद राम र पछाडि सवार १३ वर्षीय बालक गुड्डु नदाफको मृत्यु भएको महोत्तरी प्रहरीका सूचना अधिकारी एवं प्रहरी निरीक्षक रञ्जन मिश्रले जानकारी दिए । उनीहरुको घटनास्थलमै मृत्यु भएको हो । ठक्कर दिने टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको विरोधमा स्थानीयले टायर बालेर प्रदर्शन गर्दै सडक अवरुद्ध पारेका छन् ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 185