Aamsanchar

दमकबाट ३ करोड भन्दा धेरै मुल्य पर्ने ओरियन कम्पनीका अबैध सामान सहित एकजना पक्राउ

Author Image
मङ्गलवार, माघ १३, २०७७

झापा । झापाको दमकबाट ठुलो परिणाममा ओरियन कम्पनीका विभिन्न किसिमका सामानहरु प्रहरीले जफत गरेको छ । सामान सहित दमक न.पा. वडा नं.६ वस्ने जितेन्द्र साहलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

दमक नगरपालिका वडा नं.६ स्थित पदम गुरुङको घर भाडामा लिई अवैध रुपमा ओरियन कम्पनीका (खाद्यान्न परिपुरक) खाद्य वस्तुहरु भण्डारण गरी बिक्रि वितरण तथा ओसार पसार गर्ने गरेको भन्ने गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापा र ईलाका प्रहरी कार्यालय दमकको संयुक्त प्रहरी टोलीले उक्त सामानहरु जफत गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

काठमाडौं महानगरपालिका वडा नं.१६ बालाजुमा दर्ता रहेको ग्लोवल ओरियन्स प्रा.लि.वाट केही परिमाणका खाद्य वस्तुहरु खरिद गरी ल्याएको हुन सक्ने र ठुलो परिमाणका खाद्य वस्तुहरु भन्सार राजश्व छली गरी ल्याएको भन्ने सुचना पाए पछि प्रहरीले संचालकहरु मध्येका जितेन्द्र साहलाई पक्राउ गरको र अन्य संलग्न व्यक्ती हरुको खोज तलास भई रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले जानकारी दिएका छन् ।

बरामद भएका सामानहरु कुल मुल्य ३ करोड २९ लाख ६७ हजार २ सय ५० रुपैया रहेकोमा ३३५८ बट्टा समानहरुको मुल्य ८७ लाख २६ हजार ५ सय २० रुपैया र विल भएको ९ हजार ९ सय ४३ बट्टाको २ करोड ४२ लाख ४० हजार ७ सय ३० रुपैया मुल्यको बिल नभएको सामानहरु सहित थप अनुसन्धान एवं कारवाहीको लागी आज राजश्व अनुसंधान कार्यालय ईटहरीमा सामान सहित अबैध सामान कारोवारमा संलग्न साहलाई पठाईएको छ ।

सामनहरु बरामद गरिएको सामनहरु :-

सामानको नाम
१  Detoxy One
२ Arthobest .
३ O’Moringa .
४ Total
Antioxidant.
५ Asparose.
६ Furit fiber.
७ Panax
Ginseng.
८ Diacare.
९ De-Lipo.
१० Spirulina
११ Tulsi Drops.
१२ Pain Relif.
१३ 7 wonders.
१४ Naturovita.

१५ Calcium.
१६ Nephrofit.
१७ Healthy
Slim.
१८ Garnic.
१९ Wheatgrass.
२० Aloevera
Juice.
२१ Silajit
२२ Reishi
Ganoderma

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 96

प्रतिक्रिया (०)

सम्बन्धित खबर