Aamsanchar

चीनमा दुई हप्ता क्वरेण्टीन बसेको डब्ल्यूएचओको टोली अनुसन्धान गर्ने ठाउँतर्फ प्रश्थान

Author Image
बिहिवार, माघ १५, २०७७

काठमाण्डौ – चीनको वुहान पुगेको विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) को टोलीले क्वरेण्टीन अवधि पूरा गरेको छ । क्वरेण्टीन अवधि पूरा गरेसँगै डब्ल्यूएचओको टोलीले कोरोना भाइरसको उत्पत्तिको बारेमा ‘फिल्ड’ जाँच गर्न सुरु गर्नेछ । डब्ल्यूएचओको वैज्ञानिकको टोलीले कोरोनाको प्रारम्भिक प्रकोपसँग जोडिएका अनुसन्धान संस्था, अस्पताल र सी–फुड बजारमा रहेका व्यक्तिसँग अन्तर्वार्ता लिनेछ ।

अनुसन्धानका क्रममा यो टोलीले चिनियाँ अधिकारीहरुले दिएको प्रमाणलाई आधार मान्नेछ । १४ सदस्यीय डब्ल्यूएचओको टोली गएको जनवरी १४ मा वुहान पुगेको थियो । यो टोली दुई हप्ता क्वरेण्टीनमा बसेको हो । क्वरेण्टीनमा रहँदा यो टोलीले चिनियाँ वैज्ञानिकहरुसँग भर्चुअल रुपमा कुराकानी गरेको थियो ।

बिहीवार यो टोली होटलबाट बाहिर निस्किएर बसमार्फत अनुसन्धान गर्ने ठाउँतर्फ लागेको बताइएको छ । ‘नयाँ चरण, नयाँ प्राथमिकता’, नेदरल्याण्डका भाइरोलजिस्ट मेरिएन कोपमान्सले ट्वीट गरेकी छिन् । यसअघि आफ्ना अनुसन्धानकर्ताहरुलाई चीन प्रवेशमा रोक लगाइएको डब्ल्यूएओले जनाएको थियो । पछि चीनले त्यसो हुनुमा राम्रोसँग सम्पर्क हुन नसकेको जनाएको थियो । सन् २०१९ को अन्त्यतिर वुहानमा पहिलो पटक कोरोना भाइरसको सङ्क्रमण भेटिएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 310

प्रतिक्रिया (०)

सम्बन्धित खबर