Aamsanchar

बिर्तामोड सिटी सेन्टरमा ४ दिने फुडफेस्टिभल हुँदै, रमेश प्रसाईलगायतका कलाकारको प्रस्तुति समेत रहने

Author Image
बिहिवार, माघ १५, २०७७

झापा- कोभिडका कारण थलिएको ब्यापार ब्यावसायलाई प्रोत्साहन गर्ने उदेश्यले बिर्तामोडमा माघ १७ गतेबाट २० गतेसम्म फेस्टिभल तथा बम्पर सेल संचालन हुने भएको छ । बिर्तामोड सिटी सेन्टर एण्ड इन्भेष्टमेन्ट कम्पनी प्रा.लि. अन्र्तगत रहेको बिर्तामोड सिटि सेन्टरमा चार दिने फेस्टिभल तथा बम्पर सेल हुने भएको हो । उक्त अवसरमा ग्राहकले सिटी सेन्टर भित्र संचालित ब्यापार ब्यवसायमा ५ देखि ५० प्रतिसत सम्म छुट पाउने संचालक दिपेन्द्र राउतले पत्रकार सम्मेलन मार्फत जानकारी दिए ।

सो अवधीमा दिउँसो १ बजे बाट साँझ ७ बजे सम्म राष्टिय तथा स्थानिय कलाकारको प्रस्तुतिका साथमा फेस्टिभलको मज्जा लिन सक्ने बताईएको छ । फेस्टिभलमा १५ वटा स्टल रहने बिर्तामोड सिटी सेन्टर एण्ड इन्भेष्टमेन्ट कम्पनी प्रा.लि.का अध्यक्ष घनेन्द्रकुमार पाण्डेले बताए । फुड फेस्टिभलको पहिलो दिन ख्याति प्राप्त गायक तथा प्रखर वक्ता रमेश प्रसाईको प्रस्तुति रहने बताउँदै क्षितिज संगीत साधना प्रतिष्ठान, अन्तराष्ट्रिय बेण्ड भायोलेटको पनि प्रस्तुती रहने जानकारी दिए । झापा जिल्लामै पहिलोपटक १५ हजारभन्दा बढी बेलुनले सिटी सेन्टरलाई सजाएर फुड फेस्टिभल तथा बम्पर सेल आयोजना गरिएको बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 95

प्रतिक्रिया (०)

सम्बन्धित खबर