Aamsanchar

सर्लाहीमा रहेका चिनी मिलहरूमा उखुको अभाव

Author Image
शुक्रवार, माघ १६, २०७७

सर्लाही – सर्लाहीमा रहेका चिनी मिलहरूमा उखुको अभाव भएको छ । चिनी उद्योगहरूबाट समयमा भुक्तानी नपाएपछि उखु खेती गर्ने किसान घटेसँगै मिलहरूमा उखुको अभाव सुरु भएको हो । पुष पहिलो हप्ताबाट यस वर्षको उखु क्रसिङ गर्न थालेको एभरेस्ट सुगर मिलले यस बेला मुस्किलले दैनिक १० देखि १२ घण्टासम्म मात्रै उखु क्रसिङ गरिरहेको छ । माघ महिनामा उखु काटेर मिलमा ल्याउनेहरूको भिड हुने र उद्योग २४ सैँ घण्टा चल्ने गरेको भए पनि अहिले मिल परिसरका उखु ल्याउने गाडीको भिड निकै कम छ भने मुस्किलले आधा समयमात्र मिल चलाएको उद्योगका महाप्रबन्धक कृष्णचन्द्र दासलले बताउनुभयो ।

यस वर्ष मिलले नगद दिएरै उखु खरिद गरिरहेको छ । अघिल्ला वर्षहरूमा उखु मिलमा लैजाँदा पनि तौलने समय नपाउने गरेकोमा अहिले मिलका प्रतिनिधि उखुबारीमै आएर उखु खरिद गर्ने गरेको उखु उत्पादक कृषक सङ्घ महोत्तरीका अध्यक्ष नरेश सिंह कुशवाहाले बताउनुभयो । उहाँका अनुसार सर्लाहीमा उखु खेती ४० प्रतिशतभन्दा धेरै घटेको छ ।

देशभर रहेका १४ उद्योगमध्ये यस वर्ष उखु अभावकै कारण चार वटा चिनी मिल सञ्चालनमा आउन नसकेको नेपाल उखु उत्पादक महासङ्घका केन्द्रीय अध्यक्ष कपिलमुनि मैनालीले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 238

प्रतिक्रिया (०)