

भद्रपुर । भद्रपुर नगरपालिका ७ गार्मेन्ट चोक निवासी दुबै मृगौला को समस्याबाट पिडित मन्जु ठकुरी (बिष्ट) झन्डै दुई बर्ष देखि रोग संग लडदै आएकी छिन् । लामो समय देखि बिमारी भएका कारण र आर्थिक स्थिति समेत कमजोर भएकी बिष्टलाई आर्थिक सहयोग जुटन थालेको सामाजिक अभियान्ता अबिषेक खतिवडाले बताएका छन् ।

आर्थिक संकलनको क्रममा आज दुबई बाट कमल बिष्टको नेतृत्वमा धेरै प्रवासिहरुले आर्थिक संकलन गरि पैसा पठाउएका छन् । पिडित विष्टलाई आज ४८ हजार ९ सय २५ रूपियॉं उपलब्ध गराईएको छ । मृगौला पिडित बिष्टको घरमै पुगेर बिष्णु ओलि र अबिषेक खतिवडाले उक्त रकम उपलब्ध गराएका थिए ।
नेकपा हल्दिबारी गाउँपालिका ,डेनमार्क ,कोरिया लगायतका विभिन्न संघ संस्था र व्यक्तीबाट आर्थिक संकलन गर्ने काम भई रहेको हेल्पिङ्ग हेण्डसका पदाधिकारी सुवास सुवेदीले जानकारी दिए ।

Views: 183


