Aamsanchar

लाइटर खेलाउने क्रममा मतानमा आगो सल्किँदा २ बालबालिकाको मृत्यु

Author Image
शनिवार, माघ १७, २०७७

सोलुखुम्बु- मतानमा आगलागी हुँदा सोलखुम्बुको नेचासल्यान गाउँपालिका २ सल्यानमा दुई बालबालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय टेकप्रसाद निरौलाका नाति अन्दाजी ७ वर्षीय सुगम निरौला र नातिनी ४ वर्षीया सुदिस्मा निरौला हुन्।

वडा अध्यक्ष भेषकुमार बास्तोलाका अनुसार शनिबार (आज) दिउँसो २ बजे बालबालिकाले लाइटर खेलाउने क्रममा मतानमा आगो सल्किँदा उनीहरुको मृत्यु भएको हो। आगो अहिले नियन्त्रणमा आइसकेको छ भने शवलाई घटनास्थलबाट बाहिर निकालिएको वडा अध्यक्ष बास्तोलाले जानकारी दिए।

घटनास्थलमा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट प्रहरी निरीक्षक महेन्द्र दर्नालको कमाण्डमा प्रहरी प्रस्थान गरेको पहरी नायब उपरीक्षक कबित कटुवालले जानकारी दिए। घटनाको थप विवरण आउन बाँकी छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 204

प्रतिक्रिया (०)

सम्बन्धित खबर