Aamsanchar

‘कालो सुन’ खेतीमा हौसिएका तेह्रथुमका किसान यो वर्ष निराश

Author Image
शनिवार, माघ १७, २०७७

तेह्रथुम । अन्नबाली हुने खेतीयोग्य जमिन समेत मासेर कालो सुन भनेर चिनिने अलैँची खेतीमा हौसिएका तेह्रथुमका किसान यो वर्ष निराश भएका छन् । पूर्वी नेपालको पहाडी क्षेत्रमा अलैँची राम्रो उत्पादन हुँदै आए पनि यो वर्ष भने बिरुवानै बिक्रि हुन सकेको छैन । अलैँचीले मूल्य पाउँदा बिरुवा बेच्न भ्याइनभ्याइ हुने किसानहरू यो वर्ष भने फुर्सदिला देखिएका छन् ।

अलैँचीबाट राम्रो आम्दानी लिँदै गरेका तेह्रथुम लालीगुराँस नगरपालिकाका कृषक टेकबहादुर केप्छाकी मगरले बिरुवा उत्पादन गरे पनि बिक्रि नहुँदा अलमलमा परेका छन् । बिरुवा बिक्रि नभएपछि उनले उत्पादन गरेका झण्डै ४ लाख अलैँचीको बिरुवा बगानमै हुर्किन थालेका छन् ।

गाउँमै व्यावसायिक अलैँचीको बिरुवा उत्पादन गर्ने सोचेर मगरले अलैँची बिरुवा उत्पादनलाई रोजे पनि बिक्रि नहुँदा डुब्ने डर बढेको छ । सुरुमा १२ हजार रुपैयाँ किलो अलैँचीको बियाँ २० किलो खरिद गरी नर्सरी सुरुवात गरेका उनी अहिले ऋणसमेत तिर्न नसक्ने अवस्थामा छन् । उनले ६० लाख रुपैयाँमा अलैँचीको बिरुवा उत्पादन गरेका थिए ।

गुणस्तरीय बिरुवा उत्पादनसँगै किसानको माग अनुसार बिरुवा उत्पादन गर्ने लक्ष्यले अलैँचीको बिरुवा उत्पादन गरेका यहाँका किसान अहिले अलँैची मास्न लागेका छन् । आफ्नै २० रोपनी जमिन र भाडामा जग्गा लिएर मगरले सुरुवात गरेको बिरुवा उत्पादन सुरुका दिनहरूमा राम्रै बजार पाए पनि अहिले बिक्रि सुस्ताएको छ ।

बिरुवा बिक्रिका लागि हारगुहार गरे पनि सम्बन्धित निकायले बजार व्यवस्थापन गर्न सकेको छैन । यहाँका अलैँचीको बिरुवा ७ रुपैयाँको दरले बिक्री हुँदै आएका छन् ।

उत्पादन भए अुनसार बिरुवा बिक्रीका लागि भरपर्दो बजार नहुँदा किसानहरू पलायन हुने अवस्थामा पुगेका छन् । त्यसैले कालो सुनको रूपमा परिचित अलैँचीको खेती विस्तारतर्फ सरकारले विशेष योजना बनाउनुपर्ने देखिन्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 97

प्रतिक्रिया (०)

सम्बन्धित खबर