Aamsanchar

श्रीकृष्ण प्रणामी यूवा परिषद प्रारम्भिक समिति चारपानेको अध्यक्षमा पाण्डे

Author Image
आइतवार, माघ १८, २०७७

चारपाने । श्रीकृष्ण प्रणामी यूवा परिषद प्रारम्भिक समिति विर्तामोड–२ चारपानेको नयाँ कार्यसमिति चयन भएको छ ।

शनिबार श्रीकृष्ण प्रणामी मन्दिर चारपानेको सभाहलमा भएको तेस्रो अधिवेशनबाट बासुदेव पाण्डेलाई अध्यक्षमा मनोनित गर्दै अरु १६ जना कार्यसमिति पदाधिकारीहरु पनि सर्वसम्वत चयन गरिएको छ । त्सैगरी उपाध्यक्षमा चन्द्रदास खरेल, सचिव प्रवेश शिवाकोटी, सहसचिव गणेश प्रसाईं, कोषाध्यक्षमा मिलन दाहल चयन भएका छन् । सदस्यहरुमा सुशिला तिवारी, पुकार बजगाईं, चेतराज पाण्डे, लिलाधर घिमिरे, दुर्गा उप्रेती, देवराज घिमिरे, मोहन उप्रेती, प्रकास उप्रेती, रमनदास सिटौला, रेजा सापकोटा र संदेश प्रसाईंलाई चयन गरिएको छ ।

युवराज कट्टेलको अध्यक्षतामा आयोजित तेस्रो अधिवेशन उद्घाटन समारोहमा श्रीकृष्ण प्रणामी सेवा समिति नेपालका निवर्तमान अध्यक्ष मात्रिका प्याकुरेलको प्रमुख आथित्यता रहेको थियो ।

कार्यक्रममा श्रीकृष्ण प्रणामी सेवा समिति नेपाल केन्द्रिय सदस्य सारदाप्रसाद थपलिया, श्रीकृष्ण प्रणामी युवा परिषद प्रदेश १ अध्यक्ष अनिल ढुङगाना, उपाध्यक्षहरु टहलदास ओली, दिपक दाहाल, श्रीकृष्ण प्रणामी मन्दिर चारपानेका अध्यक्ष राजेन्द्र बस्नेत लगायतको आतिथ्यता रहेको थियो ।

श्रीकृष्ण प्रणामी युवा परिषद स्थानिय मन्दिर व्यवस्थापन र सामाजिक सेवामा सक्रिय बन्दै आएको युवा संगठन हो । झापामा मात्र ३२ वटा प्रणामी मन्दिरमा युवा परिषदले काम गर्दै आएको छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 219

प्रतिक्रिया (०)

सम्बन्धित खबर