Aamsanchar

प्रदेश १ का १४ वटै जिल्लामा टेलिकमको सेवा अवरुद्ध, सेवा सञ्चालन गर्न झन्डै छ घण्टाभन्दा बढी समय लाग्ने

Author Image
आइतवार, माघ १८, २०७७

विराटनगर । अप्टिकल फाइबरमा एक्कासि समस्या आएपछि नेपाल टेलिकमको सेवा प्रदेश १ का १४ वटै जिल्लामा आइतबार बिहानैबाट अवरुद्ध बन्न पुगेको छ ।

बिहान ३ बजेतिरबाट सेवा अवरुद्ध बनेको थियो । सेवा सञ्चालन गर्न झन्डै छ घण्टाभन्दा बढी समय लागेको टेलिकमले जनाएको छ । महोत्तरीको बर्दिवासमा मुसाले तार काटिदिएपछि अप्टिकल फाइबरमा समस्या आउँदा सेवा सञ्चालनमा कठिनाई भएको हो ।

मुसाले तार काटिदिएर फइबरको लिंक नै टुटेपछि उत्पन्न भएको समस्याले सेवा अवरुद्ध सञ्चालन हुन नसकेको नेपाल टेलिकम प्रादेशिक निर्देशनालय प्रदेश १ विराटनगरका प्रबन्धक राजेन्द्र महर्जनले जानकारी दिए । मर्मत सम्भारपछि बिहान ९ बजेबाट सेवा सूचारु भएको उनले बताए ।

सेवा अवरुद्ध हुँदा छ घण्टासम्म प्रदेश राजधानी विराटनगरसहित प्रदेशका १४ वटै जिल्लाहरु झापा, इलाम, ताप्लेजुङ, पाँचथर, मोरङ, सुनसरी, धनकुटा, संखुवासभा, भोजपुर, तेह्रथुम, उदयपुर, ओखलढुंगा, खोटाङ र सोलुखुम्बुमा टेलिकमको मोबाइल, ल्याण्डलाइन टेलिफोन र इन्टरनेट सेवा सञ्चालन हुन नसकेको महर्जनको भनाइ छ । महर्जनकाअनुसार प्रदेशमा टेलिकमका २० लाखभन्दा बढी ग्राहाक छन् । एक्कासि सेवा अवरुद्ध भएपछि ठूलो संख्यामा रहेका ग्राहाक एकै पटक प्रभावित बनेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 176

प्रतिक्रिया (०)

सम्बन्धित खबर