Aamsanchar

महिला लघुवित्तले ४ लाख कित्ता सेयर विक्री गर्दै

Author Image
सोमवार, माघ १९, २०७७

काठमाडौं । महिला लघुवित्त वित्तिय संस्था लिमिटेडले माघ २८ गतेदेखि सर्बसाधारणको लागि साधारण सेयर (आईपीओ) बिक्रि खुला गर्ने भएको छ । संस्थाले सोमबार आह्वान पत्र जारी गर्दै २८ गतेदेखि आईपीओ जारी गर्ने जानकारी दिएको हो ।

कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यको ४ लाख कित्ता सेयर विक्री गर्न लागेको हो । यो आईपीओ खरिदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार कित्तासम्म छिटोमा फागुन २ गते र ढिलोमा फागुन १२ गतेसम्म आवेदन दिन सकिनेछ । संस्थाको जारी पुँजी १० लाखको ४० प्रतिशत हुन आउने ४ करोड रकम बराबरको जारी गर्न लागिएको ४ लाख कित्ता सेयर मध्ये जारी पुँजीको ०.५ प्रतिशत अर्थात ५ हजार कित्ता सेयर कर्मचारीहरु तथा सर्वसाधरणलाई छुट्याइएको सेयर मध्ये ५ प्रतिशत अर्थात २० हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरि बाँकी रहने ३ लाख ७५ हजार कित्ता साधारण सेयरको सार्वजनिक निष्काशन गर्न लागेको जनाइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 219

प्रतिक्रिया (०)

सम्बन्धित खबर