Aamsanchar

नेपालमा कोरोनाका सक्रिय सङ्क्रमित २ हजार ५ सयभन्दा तल, २४ घण्टामा मृत्यु हुनेको सङ्ख्या शून्य

Author Image
सोमवार, माघ १९, २०७७

काठमाण्डौ – नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमित सङ्ख्या दुई हजार पाँच सयभन्दा तल झरेको छ । पछिल्लो २४ घण्टामा दुई सय ६४ जना निको भएसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार चार सय ८९ मा झरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । नेपालमा अहिलेसम्म दुई लाख ६६ हजार ६ सय जना कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा एक सय ५९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या दुई लाख ७१ हजार एक सय १८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यस्तै गएको २४ घण्टामा चार हजार एक सय ४५ जनाको पीसीआर परीक्षण गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या शून्यमा झरेको छ । यसअघि गएको बिहीवार पनि कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या शून्यमा झरेका थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 81

प्रतिक्रिया (०)

सम्बन्धित खबर