Aamsanchar

युवा उद्योगी पराजुली राष्ट्रिय चिया तथा कफी विकास बोर्डको केन्द्रीय सदस्य पदमा मनोनीत

Author Image
मङ्गलवार, माघ २०, २०७७

झापा । रोटरी क्लव अफ भद्रपुरका अध्यक्ष तथा युवा उद्योगी आदित्य पराजुली राष्ट्रिय चिया तथा कफी विकास बोर्डको केन्द्रीय सदस्य पदमा मनोनीत हुनुभएको छ । नेपाल चिया उत्पादक सङ्घका केन्द्रीय उपाध्यक्ष समेत रहनु भएका पराजुलीलाई इलाममा सोमबार आयोजित एक कार्यक्रमका बिच सदस्य पदमा मनोनीत गरिएको थियो ।

बोर्डको विधान अनुसार चिया क्षेत्र (एनटिपिए) बाट एक जना बोर्ड सदस्य चयन गर्नुपर्ने र सोही बमोजिम उँहालाई सदस्यमा मनोनीत गरिएको जनाइएको छ । उँहा पराजुली टी स्टेट भद्रपुरका प्रबन्ध निर्देशक, पराजुली ब्रदर्श एन्ड ग्यास इण्डष्ट्रिज (त्रिशक्ति ग्यास) का प्रबन्ध निर्देशक हुनुहुन्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 123

प्रतिक्रिया (०)

सम्बन्धित खबर