

बुधबारे । बुधबारे जेसीजले बिहिबार बोर्डका पदाधिकारीलाई एमआइएस अपडेटिङ तालिम प्रदान गरेको छ ।

बुधबारे जेसीजका अध्यक्ष अनिल वाग्लेको सभापतित्व तथा बुधबारे जेसीजका पूर्व अध्यक्ष प्रकाश भण्डारीको प्रमुख आतिथ्यमा तालिम सम्पन्न भएको हो । तालिमको सहजिकरण जेसी देबु बानियाँले गरेका थिए ।

तीर्थ तिम्सिनाको संयोजकत्वमा भएको तालिममा जेसीज आस्था बुधबारे जेसीजका कानुनी सल्लाहकार गजुहाङ योङहाङले प्रस्तुत गरेका थिए भने कार्यक्रमको औचित्य माथी प्रकाश अध्यक्ष वाग्लेले पारेका थिए ।

महासचिव सुजित बरालले सन्चालन गरेको कार्यक्रममा प्रमुख अतिथि भण्डारीले शुभकामना मन्तब्य राखेका थिए । सोहि कार्यक्रममा बुधबारे जेसीज अफ द मन्थ जनवरी अन्तरगत राज पौडेललाई सम्मान गरिएको थियो ।
Views: 232

