Aamsanchar

घोराहीमा जुवा खेली रहेका सात जना जुवाडे पक्राउ

Author Image
शुक्रवार, माघ २३, २०७७

दाङ । दाङको घोराही उपमहानगरपालिका वडा न.९ तेघरा स्थित केशर बहादुर शाहको घरबाट सातजना जुवाडे पक्राउ परेका छन् ।

पक्राउ पर्ने हरुमा स्थानिय घर धनीका छोरा वर्ष ३८ को प्रज्वल शाह, वर्ष २३ को रोहन खाती, बर्ष ३३ को धिरण शाह, वर्ष २० को सुनिल पुन मगर, वर्ष २२ को पंकज पन्त, वर्ष ५४ को होम बहादुर के.सी. र वर्ष २२ को विजय गाहा मगर रहेका छन् ।

तेघरा स्थित केशर बहादुर शाहको घरको कोठामा जुवा तास खेलिरहेकोे गोप्य सुचना पाए पछि उक्त घरमा जिल्ला प्रहरी कार्यालय दाङबाट प्रहरी निरिक्षक मोहन जंग बुढाथापाको कमाण्डमा खटिएको प्रहरी टोलीले तास खेलिरहेको अवस्थामा जुवाडे हरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता मुकुन्द रिजालले जानकारी दिए ।

जुवाडेहरुको साथमा २ लाख २० हजार ७ सय रुपैया, तास खोलेको गड्डी २ थान, नखोलेको गड्डी ४ थान, होम बहादुर के.सी. को ग्लोबल आईएमई वैंकको चेक थान १, जुवा खेल्दा भएको हिसाब किताब लेख्न प्रयोग भएको नोटबुक लेखेको कालो रङको कभर भएको एक थान डायरी र एक थान रातो रङको गलैचा जफत गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 171

प्रतिक्रिया (०)

सम्बन्धित खबर