Aamsanchar

कृषि कानूनविरुद्ध आज भारत चक्का जाम

Author Image
शनिवार, माघ २४, २०७७

फायल तस्वीर ।

भारतमा कृषि कानूनविरुद्ध किसानको आन्दोलन जारी छ । किसानले शनिबार दिउँसो १३ बजेदेखि ३ बजेसम्म पूरा देशभरी चक्काजामको घोषणा गरेका छन् । किसान नेताको तर्फबाट दिल्ली एनसीआरमा चक्का जाम गर्ने घोषणा गरिएको छ तर पनि दिल्ली पुलिस सतर्क छ । २६ जनवरीको दिन भएको हिंसालाई मध्यनजर गर्दै दिल्ली प्रहरीले छिमेकी राज्यसँग जोडिएको सीमामा सुरक्षा कडा पारिदिएको छ ।

दिल्ली प्रहरीका डिसीपी क्राइम चिन्मय विस्वालले टिकरी, सिंघु र गाजीपुर सीमामा सुरक्षा बढाइदिएको जानकारी दिएका छन् । दिल्लीभित्र पनि सुरक्षाका कडा प्रबन्ध मिलाइएको छ । नयाँ दिल्लीका डिसीपीले दिल्ली मेट्रोका अधिकारीलाई पत्र लेखेर आवश्यकता पर्दा राजिव चोक, केन्द्रीय सचिवालयसमेत इलाकाका १२ मेट्रो स्टेशनमा शर्ट नोटिसमा बन्द गर्नका लागि तयार हुन भनेको छ ।

दिल्ली प्रहरीका अनुसार किसानसँग कुनै कुरा हुन सकेको छैन । यसबारे अन्य माध्यममार्फत् किसानले दिल्लीमा चक्का जाम नगर्ने पत्ता लागेको भारतीय सञ्चार माध्यमले जानकारी दिएका छन् । किसानले दिल्लीमा चक्काजाम नगर्ने घोषणापश्चात् पनि प्रहरी कुनै पनि प्रकारको स्थितीसँग जुध्नका लागि पूर्ण रुपमा तयार भएको जानकारी दिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 228

प्रतिक्रिया (०)

सम्बन्धित खबर