

कैलाली । जानकी गाउँपालिकामा माटोको ढिस्कोले पुरिएर तीन जनाको मृत्यु भएको छ । पूर्वखैरीफाँटाका तीन महिलाको शनिबार बिहान मृत्यु भएको हो ।

घर पोत्नका लागि माटो लिन गएका ३१ वर्षीय गंगा जयगडी, २० वर्षीय भावना वड र १७ वर्षीय धनसरी विकको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायव उपरीक्षक मधुसूदन न्यौपानेले जानकारी दिनुभयो । ढिस्कोले पुरिएर काजल विक र अन्जु जयगडी घाइते भएका छन् । घाइते दुवैजनाको टीकापुर अस्पतालमा उपचार भइरहेको छ ।
Views: 196

