Aamsanchar

प्रतिनिधिसभा विघटनको विरोधमा प्रधानमन्त्रीको गृह जिल्ला झापामा कांग्रेसको प्रदर्शन

Author Image
शनिवार, माघ २४, २०७७

झापा । प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापामा प्रतिनिधिसभा विघटनको विरोधमा कांग्रेसले विरोध प्रदर्शन गरेको छ । सरकारले असंवैधानिक कदम सच्याउनुपर्ने माग गर्दै कांग्रेसले झापामा शक्ति प्रर्दशन गरेको हो । कांग्रेसका विभिन्न २४ वटा शुभेच्छुक संघसंस्थाले विर्तामोडमा विरोध र्याली निकालेर प्रधानमन्त्री ओलीको चर्को आलोचना गरेका छन् । प्रतिनिधिसभा विघटन अलोकतान्त्रिक र असंवैधानिक रहेको भन्दै प्रतिनिधि सभा पुनःस्थापन हुनु पर्नेमा कांग्रेस नेताहरूको जोड दिएका छन् ।

विरोध सभालाई कांग्रेसकी केन्द्रीय सदस्य तथा पूर्व कृषि राज्यमन्त्री सरिता प्रसाँई, पूर्व सांसद डिल्लीप्रसाद सिटौला, कांग्रेसका झापा सभापति उद्धव थापा, नेपाल ट्रेड युनियन झापाका सभापति यज्ञप्रताव अधिकारीलगायतले सम्बोधन गर्नु भएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 205

प्रतिक्रिया (०)

सम्बन्धित खबर