Aamsanchar

विराटनगरमा फागुन ८ गते हुने सभामा नेकपा ओली समूहले १ लाखभन्दा बढी जनता उतार्ने

Author Image
शनिवार, माघ २४, २०७७

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को ओली समूहले आगामी फागुन ८ गते विराटनगरमा हुने सभामा १ लाखभन्दा बढी जनता उतार्ने निर्णय गरेको छ । काठमाडौंको धुम्बाराहीमा बसेको प्रदेश १ का केन्द्रीय कमिटीका सदस्य, जिल्ला कमिटीका अध्यक्ष, सचिव, प्रदेश कमिटीका सदस्य, प्रदेश सभा सांसदलगायतको बैठकले उक्त निर्णय गरेको प्रतिनिधि सभाका निवर्तमान सदस्य राजेन्द्र प्रसाद गौतमले जानकारी दिए । “प्रदेश १ को विस्तारित बैठक बसेका थियौं । फागुन ८ गतेको सभामा १ लाख ४६ हजार ६५६ जना उतार्ने निर्णय भयो । ऐतिहासिक सभा गरेर केपी ओलीको साथमा छौं भन्ने देखाउँछौं,” गौतमले भने ।

पछिल्लो समय ओली समूहले पनि शक्ति प्रदर्शन गरिरहेको छ । सो समूहले शुक्रबार राजधानीमा सभा गरेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 135

प्रतिक्रिया (०)

सम्बन्धित खबर