Aamsanchar

झापाको अर्जुनधारामा ३ वर्षीया बालिकाको गोबरको खाल्डोमा डुबेर मृत्यु

Author Image
आइतवार, माघ २५, २०७७

झापा- आज विहान झापाको अर्जुनधारा नगरपालिका ४ स्थित मदनपुरमा एक जना बालिकाको गोबरको खाल्डोमा डुबेर  मृत्यु भएको छ ।  राज अधिकारीकी ३ वर्षीया छोरी योजनाको गोबरको खाल्डोमा डुबेर मृत्यु भएको हो । घरनजिकै आमा पूजा अधिकारीसँगै खेतबारीमा खेल्दै पुगेकी ३ वर्षीया योजनाको गोबर ग्यासमा प्रयोग गरिएपछि भण्डारण गरिने गोबरको खाल्डोमा डुबेर मृत्यु भएको प्रहरी चौकी शनिश्चरेले जनाएको छ ।

अन्दाजी बिहान ९ बजेतिर प्याज रोप्न आमा बारीमा गएपछि बालिका पनि नजिकै खेल्दै थिइन् । तर, एकछिनपछि बालिका नदेखिएपछि खोजी गर्दा नजिकैको गोबरले भरिएको खाल्डोमा फेला परेकी थिइन् । करिब ३ फिट गहिरो खाल्डोबाट निकालेर उपचारका लागि बिर्तामोडको बिर्ता सिटी हस्पिटल पुर्याउन साथ चिकित्सकले बालिकालाई मृत घोषित गरेको प्रहरीले जनाएको छ ।

घटनापछि इलाका प्रहरी कार्यालय बिर्तामोडको एक टोलीले घटनास्थलको मुचुल्का उठाएको छ भने बालिकाको शव पोष्टमार्टमका लागि मेची अञ्चल भद्रपुर लगिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 164

प्रतिक्रिया (०)

सम्बन्धित खबर