Aamsanchar

बारामा ४८ वर्षीया महिलाको घरभित्रै हत्या

Author Image
सोमवार, माघ २६, २०७७

कलैया । बारामा ४८ वर्षीया महिलाको घरभित्रै हत्या भएको छ । महागढीमाई नगरपालिका(१ की ४८ वर्षीया कान्तिदेवी कुशवाहको आइतबार राति हत्या भएको हो । प्रहरीका अनुसार कान्तिदेवीको गालामा धारिलो हतियार प्रहार भएको छ ।

जनकपुरस्थित प्रादेशिक प्रहरी कार्यालयबाट विशेष तालिमप्राप्त कुकुर ल्याएर अनुसन्धान अघि बढाइएको डिएसपी गौतम मिश्रले जानकारी दिए । आइतबार बेलुकी उनका श्रीमान खाना खाएर घर बाहिर निस्किएका थिए । केहीबेरपछि आफू घरमा फर्किंदा श्रीमतीलाई मृत अवस्थामा फेला पारेको उनले प्रहरीसमक्ष बताएका छन् । कुशवाह परिवारका तीन छोरा र एक छोरी भए पनि उनीहरु अध्ययनको सिलसिलामा जिल्ला बाहिर छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 90

प्रतिक्रिया (०)