Aamsanchar

झापाको गौरीगञ्जबाट ब्राउनसुगरसहित चार जना पक्राउ

Author Image
सोमवार, माघ २६, २०७७

झापा – गौरीगञ्जमा लागु औषध ब्राउनसुगरसहित चार जना पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय गौरीगञ्ज झापाबाट खटिएको प्रहरी टोलीले बिशेष सुराकीको आधारमा चेकजाँच गर्ने क्रममा उनीहरुलाई पक्राउ गरेको हो । माघ २२ गते दिउँसो ४ बजे गौरीगञ्ज ३ पानीट्यांकीबाट गौरादह नगरपालिका २ बस्ने २५वर्षिय मन्दिस अधिकारी ब्राउनसुगरसहित पक्राउ परेका छन् । उनको साथबाट ५५० मिलिग्राम ब्राउनसुगर बरामद भएको छ ।

त्यस्तै माघ २३ गते राति ९ बजे गौरीगञ्ज ३ बाट मोरङ्ग पथरी शनिश्चरे नगरपालिका वडा नं १ बस्ने २८ वर्षिय मुकेश बर्देवा ब्राउनसुगरसहित पक्राउ परेका छन् । उनीसँग २ ग्राम ५०० मिलिग्राम ब्राउनसुगर फेला परेको छ । त्यसैगरी माघ २४ गते राति ९ बजे गौरीगंज ३ स्थित चोकबाट मोरङ पथरी शनिश्चरे वडा नं। १ बस्ने २७ वर्षिय दिलिप कार्की र सोही नगरपालिका वडा नं। २ बस्ने २४ वर्षिय सुजन लिम्बूलाई १ ग्राम ८०० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 72

प्रतिक्रिया (०)

सम्बन्धित खबर