Aamsanchar

विरामी बालकको उपचारमा बुघबारे जेसीजको आर्थिक सहयोग

Author Image
सोमवार, माघ २६, २०७७

बुधबारे । बुधबारे जेसीजले झापा बुद्धशान्ति–३ का १० महिने बालक योगेश ढुंगेलको उपचारका लागि १२ हजार रुपैँया सहयोग गरेको छ ।

बुद्धशान्ति ३ का लक्ष्मीप्रसाद तथा इन्द्रमाया ढुंगेलका छोरा केहि समय यता फिस्टुला भई विरामी अवस्थामा छन् । उनको आर्थिक अभावका कारण उपचारमा समस्या भएपछि बुधबारे जेसीजले थोरै भएपनि सहयोग गरेको बुधबारे जेसीजका अध्यक्ष अनिल वाग्लेले बताएका छन् ।

बुधबारे जेसीजका उपाध्यक्ष विनोद रिजालको संयोजकत्वमा विरामी बालकको घरमा नै गएर सोमबार बुधबारे जेसीजले रकम हस्तान्तरण गरेको हो । रकम हस्तान्तरण कार्यक्रममा बुधबारे जेसीजका निर्वतमान अध्यक्ष नन्दकुमार याफू राई, महासचिव सुजित बराल, कानुनी सल्लाहकार गजुहाङ योङहाङको सहभागिता रहेको बुधबारे जेसीजका पूर्व अध्यक्ष प्रकाश भण्डारीले बताएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 63

प्रतिक्रिया (०)

सम्बन्धित खबर