Aamsanchar

ठगी गरेको लाखौं रुपैया सहित झापा अर्जुनधाराका पंकज पक्राउ

Author Image
सोमवार, माघ २६, २०७७

झापा । अनलाईनबाट चिट्टा परेको सामाग्री तथा पैसा भन्सारबाट छुटाउन कर लाग्छ भनि बिभिन्न बैकहरुको खाता नं. दिईएर पैसा ठगी गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा झापा अर्जुनधारा नगरपालिका वडा नम्बर ९ का पूर्णबहादुर पौडेली बिकका छोरा पंकज पौडेली बिक रहेका छन् । उनलाई झापाको विर्तामोड–२ चारपानेबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।

महानगरीय अपराध महाशाखामा ठगि मुद्दा दर्ता भए पश्चात महानगरीय अपराध महाशाखाको सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको प्रहरी टोलीले खोजतलाश गर्ने क्रममा पंकज पौडेली बि.क.लाई पक्राउ गरेको थियो ।

बिकको साथबाट र घर खानतलासी गर्दा नगद ३ लाख ५६ हजार,७१० रुपैया विनोद काफ्लेको नाम रहेको सवारी चालक अनुमति पत्र थान १ ,अनिल बस्नेत नामको सवारी चालक अनुमति पत्रको प्रतिलिपी, पंकज पौडेलीको नामको नागरिकताको प्रतिलिपी थान १, इएएइ मोवाइल थान १, सिम सहितको नोकिया सादा मोवाइल एक थान १ र सिम एक थान बराम तगरिएको प्रहरीले जनाएको छ ।

पंकज पौडेलीको घरकोठामा रहेको दराज भित्रवाट बरामद २ लाख ८ हजार २ सय र घर पछाडिको गाई ग्वाली छेउमा रहेको गोवरको थुप्रो भित्रवाट फेला परेको कालो रंगको लेडिज झोला भित्रवाट ८ लाख ३० हजार ३ सय ५ रुपैया पनि बरामत भएको जिल्ला प्रहरकार्यालय झापाका प्रवक्ता राकेश थापाले बताए ।

 

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 299

प्रतिक्रिया (०)

सम्बन्धित खबर