Aamsanchar

संसद् विघटनबारेको फैसला चुनावपछि पनि आउन सक्छ : प्रदेश १ का मुख्यमन्त्री राई

Author Image
सोमवार, माघ २६, २०७७

ओखलढुंगा –प्रदेश १ का मुख्य मन्त्री शेरधन राईले प्रदेश खारेज गर्न खोजिएको कदम र राजनीतिक अस्थिरतालाई चिर्दै अघि बढ्ने बताएका छन नेपाल पत्रकार महासंघ ओखलढुंगाको वार्षिक साधारण सभा तथा भवन उद्घाटन कार्यक्रममा मुख्यमन्त्री राईले संसद् विघटनबारेको फैसला चुनावपछि पनि आउन सक्ने भन्दै सबैलाई चुनावमा लागिपर्न उनले आग्रह गरे।

जनताले दिएको म्यान्डेट कोठाभित्र बुझाउने काम नगरी जनादेशलाई जनताकै सामु लिएर जाने सर्वोत्तम विकल्प प्रधानमन्त्री केपी ओलीले दिएका पनि उनले बताए।प्रधानमन्त्री लोकतान्त्रिक विकल्पका रुपमा लिएर बढेकाले वैशाखमा निर्वाचन हुने र त्यसको तयारीमा लाग्न उनले सबैलाई आग्रह पनि गरे।

ओखलढुंगाका जनतालाई सही समयमा सही नेतृत्व गर्ने भनी तारिफ गरेका मुख्यमन्त्रीले प्रदेशमा आफ्नो नेतृत्वको सरकारले सैयौं झोलुंगेपुल तथा सडक निर्माण गरेको दाबी पनि गरे। देशमा तीन वटा सरकार भएका कारण जनप्रतिनिधिले जनतालाई ढाँट्न नपाउने र जनताको सेवा तथा विकासका लागि आफूहरु दत्तचित्त भएर लाग्ने उनले विश्वास दिलाए। पत्रकार महासंघ ओखलढुंगाको भवन निर्माण सम्पन्न गर्नका लागि पत्रकार महासंघको साथमा प्रदेश सरकार रहेको पनि उनले त्यस क्रममा बताए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 168

प्रतिक्रिया (०)

सम्बन्धित खबर