Aamsanchar

चालु आर्थिक वर्षको ६ महिनामा करिब ५ खर्ब रेमिट्यान्स भित्रियो, वैदेशिक रोजगारीको अवस्था भने बेहाल

Author Image
सोमवार, माघ २६, २०७७

काठमाण्डौ – चालु आर्थिक वर्षको पहिलो ६ महिनामा झण्डै पाँच खर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । साउनदेखि पुससम्म चार खर्ब ९५ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको नेपाल राष्ट्र बैंकले जनाएको छ । यो गएको वर्षको पहिलो ६ महिनाको तुलनामा ११ दशमलव १ प्रतिशतले धेरै हो । अमेरिकी डलरमा भित्रने रेमिट्यान्स ६ दशमलव ७ प्रतिशतले बढेर चार अर्ब १९ करोड पुगेको छ ।

यस्तै पछिल्लो ६ महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या ७७ दशमलव ६ प्रतिशतले घटेको छ । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या ६८ दशमलव ९ प्रतिशतले घटेको छ ।

यस्तै सरकारको चालु खाता पुससम्म ४९ अर्ब ५३ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको पहिलो ६ महिनामा चालु खाता ७९ अर्ब ६५ करोडले घाटामा रहेको थियो ।

राष्ट्र बैंकका अनुसार अहिले शोधनान्तर स्थिति एक खर्ब २४ अर्ब ९२ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको साउनदेखि पुससम्म शोधनान्तर स्थिति २६ अर्ब ६५ करोड रुपैयाँले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको यही अवधिमा २३ करोड ५३ लाखले बचतमा रहेको शोधनान्तर स्थिति अहिले एक अर्ब ५ करोड रुपैयाँले बचतमा रहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 211

प्रतिक्रिया (०)

सम्बन्धित खबर