Aamsanchar

बङ्गलादेशबाट मल आईपुग्न अझै दुई साता अलमल

Author Image
मङ्गलवार, माघ २७, २०७७

बङ्गलादेशबाट ल्याउने भनिएको युरिया मल नेपाल आइपुग्न अझै दुई साता लाग्ने भएको छ ।

दुबईको जेन ट्रेड ढुवानी कम्पनीले बङ्गलादेशबाट मल ढुवानी गर्ने ठेक्का पाएको छ । सो कम्पनीले मङ्गलबारबाट बङ्गलादेशको बङ्गलादेश केमिकल इन्ड्रस्टिज कर्पोरेसनसँग मल बुझ्ने काम सुरु गर्ने कृषि सामग्री कम्पनी लिमिटेडका प्रमुख नेत्र भण्डारीले जानकारी दिए । त्यहाँबाट मल बुझेपछि नेपालसम्म आइपुग्न धेरैमा दुई हप्ता लाग्ने उनले बताए ।

उनले भने, “बङ्गलादेशले पैँचोमा नै मल दिने भनेको बेला नै हामीले ढुवानी कम्पनी तथा बोरा छपाइ गरी ठीक पारेका थियौँ र उताको कम्पनीले पनि मल तयारी अव‚थामा राखेको थियो तर सरकार–सरकारको बीचमा के कुरा नमिलेपछि पछि जीटूजी सम्झौतामार्फत यो मल ल्याउन लागेको होध्र त्यही भएर केही ढिला भएको छ ।”

भारतमा भन्सार प्रक्रिया पूरा गरी ढुवानी कम्पनीले जसरी त्यहाँको कारखानाबाट मल प्राप्त गर्छ, त्यसरी नै नेपाल पठाउने काम हुने उनले बताए । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 231

प्रतिक्रिया (०)

सम्बन्धित खबर