Aamsanchar

आज ‘चक्लेट डे’, १ अर्ब १० करोड रुपैयाँ बढिको चक्लेट नेपालमा भित्रियो

Author Image
मङ्गलवार, माघ २७, २०७७

काठमाडौं –आज फेब्रुअरी ९ अर्थात ‘चक्लेट डे’ । प्रेम दिवसको तेस्रो दिन आज विश्व भरिनै चक्लेट डे को रुपमा मनाइँदै छ ।

आजको दिन आफ्ना नजिकका र प्रियजनहरूलाई चक्लेट दिएर खुशी बाढ्न सकिन्छ । प्रेम सप्ताहको तेश्रो दिन आफूले माया गरेको मान्छेलाई चक्लेट दिने चलन छ । चक्लेट जस्तै मिठो सम्बन्ध बनोस भनेर यो दिन चक्लेट साटासाट गरेर मनाइन्छ ।

प्रेम दिवस हरेक वर्षको फेब्रुअरी १४ मा विश्व भरीनै उत्साहका साथ मनाइन्छ । विषेश गरी विश्वभरका युवायुवतीहरूले एउटा पर्वको रुपमा मनाउँछन् ।

फेब्रुअरी महिनालाई प्रेमको महिना पनि मानिन्छ । प्रेम दिवस आउनु भन्दा १ हप्ता अगाडि बाटनै प्रेम उत्सव सुरु हुन्छ । ७ फेब्रुअरी देखि १४ फेब्रुअरीसम्म प्रेम दिवस मनाइने गरिन्छ ।

त्यस्तै नेपालमा चालु आर्थिक वर्षको ६ महिनामा विभिन्न देशहरूबाट एक अर्ब १० करोड रुपैयाँ बढिको विभिन्न प्रकारका चक्लेटको आयात भएको छ । यस अवधिमा विभिन्न प्रकारका चिनी चक्लेट, कोको चक्लेट, स्लयाब चक्लेट, ब्लक स्ल्याब चक्लेट र कोको बक्स चक्लेटको आयात भएको हो ।

भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको समीक्षा अवधिमा एक अर्ब १० करोड ६४ लाख २८ हजार रुपैयाँको ३५ लाख ८७ हजार २९९ केजी चक्लेट आयात भएको छ ।

यस ६ महिना अवधिमा सबभन्दा धेरै भारतबाट ५३ करोड ४० लाख ५५ हजार रुपैयाँ बराबरको १२ लाख ४३ हजार ४४ केजी विभिन्न प्रकारका चक्लेट आयात भएको छ । त्यस्तै टर्कीबाट ४ करोड ३६ लाख १० हजार रुपैयाँ बराबरको एक लाख ९१ हजार ८०७ केजी चक्लेट आयात भएको छ ।

बेलायतबाट एक करोड २७ लाख १२ हजार रुपैयाँ बराबरको १२ हजार ५६ केजी विभिन्न प्रकारका चक्लेट नेपालमा भित्रिएको छ । चीनबाट ८७ लाख २० रुपैयाँ बराबरको २९ हजार १०१ केजी चक्लेटको आयात भएको छ ।

साथै साउदीबाट ४३ लाख ७० हजार रुपैयाँ बराबरको १४ हजार ८९३ केजी र अमेरिकाबाट ८ लाख ६३ हजार रुपैयाँ बराबरको एक हजार ९५३ केजी विभिन्न प्रकारका चक्लेट भित्रिएको छ ।

त्यस्तै फ्रान्स, अष्ट्रेलिया, जर्मनी, इटाली, जापान, कुवेत, फिलिपिन्स, कतार, मलेसिया, अर्जेन्टिना, क्यानडा, हङकङ, पोल्याण्ड, कोरिया, थाइल्याण्ड सँगै अन्य विभिन्न देशहरूबाट पनि नेपालमा विभिन्न प्रकारका चक्लेटहरुको आयात भएको भन्सार विभागले जनाएको छ । श्रोत : आजको अर्थ

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 587

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनको मूल्य बढ्यो
बिहिवार, मंसिर ६, २०८१
आज सुनको मूल्य
बुधवार, मंसिर ५, २०८१