Aamsanchar

२० वर्षीया छोरीलाई गोली प्रहार गरी हत्या गर्ने ५२ वर्षीय बाबु प्रहरीको नियन्त्रणमा

Author Image
मङ्गलवार, माघ २७, २०७७

बैतडी — छोरीलाई गोली प्रहार गरी हत्या गर्ने बाबुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बैतडीको पुरचौर्डी नगरपालिका-१० विजयपुरका ५२ वर्षीय धनबहादुर महराले गत शनिबार २० वर्षीया छोरी बेलमतीलाई गोली प्रहार गरी भागेका थिए । भरुवा बन्दुकसँगै भागेका उनले आफ्नो घरको छानोमासमेत शनिबार राति आगजनी गरेका थिए । घटना भएकै दिनबाट प्रहरीले उनको खोजी गरिरहेको थियो ।

मंगलबार उनलाई दोगडाकेदार गाउँपालिकाको वडा नम्बर ८ मल्लेखमा स्थानीयको सहयोगमा प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक जनकबहादुर धामीले बताए । महरालाई जिल्ला प्रहरी कार्यालय ल्याएर थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक धामीले बताए । घरायसी विवाद हुँदा छोरी गोली हालेको प्रारम्भीक जानकारी भएको उनले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 152

प्रतिक्रिया (०)

सम्बन्धित खबर