Aamsanchar

झापाका संचारकर्मी सडकमा

Author Image
मङ्गलवार, माघ २७, २०७७

झापा- प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापामा सञ्चारकर्मीहरु सडकमा उत्रिएका छन्। नेपाल प्रेस युनियन र प्रेस संगठन नेपाल (दाहाल–नेपाल समूह) सहितको पत्रकारका संगठनहरुको अगुवाईमा मंगलबार झापाको विर्तामोडमा प्रदर्शन भएको हो । आदिवासी–जनजाति पत्रकार महासंघ (फोनिज), नारी सञ्चार गृह र आदिवासी पत्रकार संघको ऐक्यबद्धता रहेको विरोध प्रदर्शनमा पत्रकारका अगुवाहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको कदमले संविधानको हत्या भएको धारणा राखेका थिए ।

नेपाल पत्रकार महासंघ झापा अध्यक्ष तारामणि सापकोटा, महासंघ प्रदेश १ का सदस्य तिर्थ सिग्देल, महासंघका पूर्वअध्यक्ष कृष्ण हुमागाई, महासंघका पूर्वअध्यक्ष गोविन्दचन्द क्षेत्री, प्रेस संगठन नेपाल प्रदेश १ का संयोजक राजन केडी, झापा संयोजक मुक्ति पौडेल, फोनिजका प्रदेश १ इन्चार्ज दिपिन राई, प्रेस युनियनका पूर्वकेन्द्रीय सदस्य लोकराज ढकाल, आदिवासी पत्रकार संघका अध्यक्ष इन्द्रसिंह राजवंशी, प्रेस संगठनका प्रदेश सदस्य सुव्रत न्यौपाने, नारी सञ्चार गृहकी अध्यक्ष भिमा शिवाकोटीलगायतले प्रधानमन्त्री ओलीको कदम प्रतिगामी भएको भन्दै तीव्र आलोचना गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 290

प्रतिक्रिया (०)

सम्बन्धित खबर