Aamsanchar

बजेटको मध्यावधि समीक्षा : १३ खर्ब ४४ अर्ब खर्च हुने ,राजस्व सङ्कलन १० खर्ब ७४ अर्ब

Author Image
मङ्गलवार, माघ २७, २०७७

काठमाण्डौ – सरकारले चालु आर्थिक वर्षको बजेट संशोधन गरेको छ । बजेटको मध्यावधि समीक्षामार्फत अर्थ मन्त्रालयले १३ खर्ब ४४ अर्ब ६८ करोड खर्च हुने अनुमान गरेको हो । यो कुल विनियोजनको ९१ दशमलव १९ प्रतिशत हो । संशोधित खर्चमध्ये चालुतर्फ नौ खर्ब १४ अर्ब ७८ करोड र पुँजीगततर्फ दुई खर्ब ८३ अर्ब चार करोड रुपैयाँ खर्चको अनुमान छ । यस्तै वित्तीय व्यवस्थातर्फ एक खर्ब ४६ अर्ब ८६ करोड रुपैयाँको अनुमान छ ।

साथै राजस्व सङ्कलनको लक्ष्य पनि संशोधन गरेर १० खर्ब ७४ अर्ब ६८ करोड रुपैयाँमा झारिएको छ । अनुदानतर्फ ३५ अर्ब र वैदेशिक ॠणतर्फ दुई खर्ब २५ अर्बको अनुमान गरिएको अर्थ मन्त्रालयले जनाएको छ ।

यो अनुमान गर्दा वैशाखमा घोषणा गरिएको चुनाव, कोरोना भाइरसविरुद्धको खोप, अनिवार्य खर्चलगायतलाई आधार मानेर संशोधन गरेको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 370

प्रतिक्रिया (०)

सम्बन्धित खबर