Aamsanchar

आज प्रचण्ड-माधवकुमार समूहको शक्ति पर्दशन

Author Image
बुधवार, माघ २८, २०७७

काठमाडौं । आज प्रचण्ड-माधवकुमार नेपाल समूहको जनसभा काठमाडौंमा हुँदै छ । औपचारिक रुपमा विभाजित नभए पनि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दुई समुह भएको छ ।

आज बिहान ११ बजे पाँच ठाउँबाट जुलुस निकाल्ने तयारी प्रचण्ड माधव समूहले गरेको हो । राजधानीका पाँच स्थानबाट जुलुस निकाल्दै प्रदर्शन गर्ने नेकपाले जनाएको छ ।

त्रिपुरेश्वरबाट निस्कने जुलुसलाई अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल र जनार्दन शर्मालगायतले नेतृत्व गर्नेछन् । जुलुसमा वर्षमान पुन, सुरेन्द्र पाण्डे, युवराज ज्ञवालीलगायतका नेताहरु पनि हुनेछन् ।

त्यस्तै माइतीघरबाट शुरु हुने जुलुसलाई अमृत बोहरा, गिरिराजमणि पोखरेल, गणेश साह, भीम आचार्य, मातृका यादव, हरिबोल गजुरेललगायत नेताहरुले नेतृत्व गर्नेछन् ।

पुल्चोकबाट निस्कने जुलुसको नेतृत्व कृष्णबहादुर महरा, पम्फा भुसाल र  रघुजी पन्तलगायतले गर्नेछन् ।

यस्तै केशरमहलबाट शुरु हुने जुलुसको नेतृत्व देव गुरुङ, देवेन्द्र पौडेल, भीम रावल, शक्ति बस्नेतलगायत नेताहरुले गर्नेछन् । जमलबाट आउने जुलुसलाई लीलामणि पोख्रेललगायत नेताहरुले अगुवाइ गर्ने छन् ।

मुल जुलुस राजधानीको विभिन्न स्थान हुँदै काठमाडौंको प्रदर्शनी मार्गस्थित सभास्थलमा जम्मा हुने कार्यक्रम तय भएको नेकपाले जनाएको छ ।

Views: 224

प्रतिक्रिया (०)

सम्बन्धित खबर