Aamsanchar

नेकपा प्रचण्ड–माधव समूहको विरोधसभामा झाँक्री देखी प्रचण्ड सम्मले सम्बोधन गर्ने

Author Image
बुधवार, माघ २८, २०७७

काठमाडौं –नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड–माधव समूहले तेस्रो चरणको आन्दोलन अन्तरगत आज काठमाडौंमा शक्ति प्रदर्शन गरिरहेको छ। विभिन्न स्थानबाट र्‍याली निकालिरहेका छन्। ​ र्‍यालीपछिको विरोधसभालाई नेकपा शीर्ष नेताहरुले सम्बोधन गर्दैछन्। रामकुमारी झाँक्री, अञ्जना विशंखे, अमृता थापा, भानुभक्त जोशी, महफुज अन्सारी, रामचन्द्र झा, सन्तकुमार चौधरी, जनार्दन शर्मा, देव गुरुङ, रघु पन्त, नारायणकाजी श्रेष्ठ, झलनाथ खनाल, माधवकुमार नेपाल र पुष्पकमल दाहाल ‘प्रचण्ड’ सम्बोधन गर्ने केन्द्रीय सदस्य बिष्णु रिजालले बताए।

विरोध सभाको हितबहादुर तामाङका अध्यक्षता, जीवनराम श्रेष्ठ स्वागत मन्तव्य र लीलामणि पोखरेलको सञ्चालनमा हुने उनले बताए। यही माघ ९ गते काठमाडौंमा शक्ति प्रदर्शनको रुपमा आमसभा गरेको सो समूहले पनि शक्ति प्रदर्शन गर्न लागेको हो। यसको तयारीका लागि यो समूहले यसकै पूर्वसन्ध्यामा सभा व्यवस्थापनका लागि खटिने स्वयंसेवकले मार्चपास गरेको थियो।

हिजो कोटेश्वरको पेरिसडाँडामा बसेको सो समूहको बैठकमा नेता झलनाथ खनालले आजको शक्ति प्रदर्शनमा तीन लाख बढी मानिस सहभागी हुने जानकारी गराएका छन् । प्रतिनिधि सभा विघटन भएसँगै नेकपा ओली र प्रचण्ड–नेपाल समूहमा विभाजित भएको छ । दुवै समूहले छुट्टाछुट्टै राजनीतिक कार्यक्रम गरेर एक अर्काविरुद्ध आक्रामक अभिव्यक्ति दिइरहेका छन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 292

प्रतिक्रिया (०)

सम्बन्धित खबर