Aamsanchar

ओलीको कदम नसच्चिए सिंहदरबार र बालुवाटार घेर्न अर्को ओन्दोलन गर्ने प्रचण्डको चेतावनी

Author Image
बुधवार, माघ २८, २०७७

काठमाडौं –नेपाल कम्युनिस्ट पार्टी नेकपाको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रतिगमन विरुद्धको प्रधानमन्त्री केपी शर्मा ओलीको कदम नसच्चिए सिंहदरबार र बालुवाटार घेर्नका लागि अर्को ओन्दोलन गर्ने चेतावनी दिएका छन्। काठमाडौंमा प्रचण्ड माधव पक्षले आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै उनले भने, ‘सभा कस्तो हुन्छ ओलीले भन्नुभयो केपी जी सभा कस्तो भयो देख्नुभयोरु विरोध कस्तो हुन्छरु हामी आज यहाँ साथीहरूको जानकारी अनुसार ५ लाख हाराहारी उपस्थित भएका छौँ।’

ओलीलाई चुनौति दिँदै प्रचण्डले भने प्रतिगमनविरुद्ध सिंहदरबार र बालुवाटार घेर्ने अर्को आन्दोलन गराउने बताए। ‘सर्वोच्च अदालतको न्यायधीहरूले पनि पनि जनताले के चाहेको छ भन्ने देखिसकेका छन्। जनताको शान्तिपूर्ण आन्दोलनमा गयो भने के हुन्छ भन्ने बुझे हुने चेतावनी दिए’ उनले भने, ‘आजको जनताको उपस्थितिले संविधान र जनताको पक्षमा निर्णय गर्न सहयोग पुग्छ।’

‘सर्वोच्चको अदालतको निर्णय जनताको पक्षमा आएन भने नेपालमा कसैले थेग्न नसक्ने आँधी-हुरी आउँछ’ उनले भने, ‘ओलीको सनकको भरमा डराएर कसैले फैसला गर्दैनन्। जनताको आवाज नसुनेर ओलीको सनकलाई कसैलाई मान्दैनन्।’

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 167

प्रतिक्रिया (०)

सम्बन्धित खबर