Aamsanchar

देवकोटा आधारभुत विद्यालयको स्वरुप परिर्वतन गर्न युवाहरु श्रमदान दिदै

Author Image
बुधवार, माघ २८, २०७७

बिर्तामोड ।  बिर्तामोड झापाको नगरपालिका वडा नम्बर ९ मा रहेको देवकोटा आधारभुत विद्यालयको स्वरुपमा छिट्टै परिवर्तन आउने भएको छ ।

स्थानीय युवाहरुको अग्रसरतामा विद्यालयको खेल मैदान सम्याउने, भवनहरुमा रङ्ग रोगन गर्ने, सरस्वती मन्दिर निर्माण लगायत कार्य गर्न विद्यालयले छुट्टै समिति बनाएको हो । विगत लामो समयदेखि बालबालिकाको क्षेत्रमा काम गरिरहेका स्थानीय सरोज पौडेलको अध्यक्षतामा ९ सदस्यीय समिति गठन गरिएको हो ।

समितिले आजदेखि नै भवनहरुमा रङ्ग रोगनको कार्य थालनी गरेको अध्यक्ष पौडेलले बताए । बिर्तामोड नगरपालिकाका उपप्रमुख पवित्रा महतारा प्रसाईले रङ्ग रोगन कार्यको सुरुवात गरिदिएकी हुन् । सो अवसरमा नगर शिक्षा शाखा प्रमुख तिलचन भण्डारी, खेलकुद बिकास समिति अध्यक्ष टीका संग्रौला, उपाध्यक्ष केशव भण्डारी लगायतको उपस्थिति थियो ।

पौडेलका अनुसार आउँदो सरस्वती पुजाको दिन विद्यालय हातामा सरस्वतीको मन्दिर शिलान्यास गर्ने कार्यक्रम तय भएको छ । सो छलफल कार्यक्रममा नगर उपप्रमुख प्रसाईले श्रोत जुटाउन र आवस्यक सहयोग गर्न आफू प्रतिबद्ध रहेको बताउदै रचनात्मक भएर काम गर्न आग्रह गरिन यस्तै शिक्षा प्रमुख भण्डारीले शैक्षिक सुधारमा कुनै कसुर नराखी बिद्यालयको स्थरउन्नतिमा सक्रियता पुर्वक सहयोग रहने बताए ।नगर खेलकुद समिति अध्यक्ष संग्रौलाले बिद्यालय खेल मैदान निर्माण गरि आगामी दिनमा नगरले गर्ने खेलकुद प्रतियोगिता यसै मैदानमा गर्ने प्रतिबद्धता ब्यक्त गर्दै आवस्यक सहयोग गर्ने बताए यस्तै उपाध्यक्ष भण्डारीले पहिलो प्राथमिकता राखेर काम गर्ने बताउदै खेलकुद समिती पुर्ण प्रतिबद्ध रहने बताए ।बिद्यालय ब्यबस्थापन समिति अध्यक्ष गंगा भण्डारीको अध्यक्षता रहेको कार्यक्रमको सहजीकरण प्रध्यानाध्यापक मुकुन्द रेग्मीले गरेका थिए।

विद्यालयको खेल मैदान सम्याउन, भवनहरुमा रङ्ग रोगन गर्न तथा सरस्वती मन्दिर निर्माण लगायत कार्य गर्न स्थानीयबासी, समुदाय, स्थानीय सरकार एवम् शिक्षा क्षेत्रको प्रवर्धनमा योगदान गर्ने दाताहरुबाट सहयोग संकलन गरिने अध्यक्ष पौडेलले योजना सुनाएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 399

प्रतिक्रिया (०)