Aamsanchar

एक किलो नक्कली सुन दिएर ठगी गर्ने ६ जना पक्राउ

Author Image
बुधवार, माघ २८, २०७७

काठमाडौं । एक किलो नक्कली सुन दिएर ५५ लाख ठगी गर्ने ६ जना पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाको टोलीले उनीहरूलाई काठमाडौं उपत्यकाको विभिन्न स्थानबाट पक्राउ गरेको महानगरीय अपराध महाशाखाले जानकारी दिएको छ ।

पक्राउ पर्नेमा काभ्रे घर भई काठमाडौं माछापोखरी बस्ने ३२ वर्षीय सन्तबहादुर लामा, नुवाकोट घर भई तार्केश्वर शान्तिटोल बस्ने ४५ वर्षीय ऋषमान घले, ३५ वर्षीय जित भन्ने मेख तामाङ, झापाका ५३ वर्षीय पप्पु भन्ने अभयकुमार चौधरी, २० वर्षीय चन्द्र भन्ने जेरी तामाङ र २६ वर्षीय राज तामाङ छन् ।

काठमाडौंको ताहाचल बस्ने एक व्यक्तिलाई सुनजस्तो देखिने एक किलो पहेंलो धातु सुन भन्दै ५५ लाख रुपैयाँ ठगी गरेका थिए । उनीहरूबाट प्रहरीले दुई वटा मोटरसाइकल, ९ लाख ५० हजार र पाँच वटा मोबाइल पनि बरामद गरेको छ ।

उनीहरूमाथि थप अनुसन्धान तथा कारबाहीको लागि महानगरीय प्रहरी परिसर, काठमाडौं पठाएको छ।

Views: 196

प्रतिक्रिया (०)

सम्बन्धित खबर