Aamsanchar

‘प्रविधि र सूचना पहुँचमा महिलाहरुको समान पहुँच ’

Author Image
बिहिवार, माघ २९, २०७७

विकास र समृद्धि संस्थागत गर्न विज्ञान र लैगिंक समानता दुवै जरुरी हुन्छ । झन् कोरोनापछि त बढ्दो सूचना प्रविधि अनि आविष्कारहरु प्रयोगमा लैगिंक समानताको विशेष पैरवी आवश्यक हुन्छ ।

लैगिंक समानता आजको आवश्यक्ता र चुनौति दुवै हो, प्रविधि र सूचना पहुँचमा महिलाहरुको समान पहुँच बनाउन बिभिन्न दिवस र अभियानहरु चलाइने गरिन्छ । जसमा हरेक वर्ष फेव्रुअरी ११ तारिख, विज्ञानमा महिला पहुँचको अन्तराष्ट्रिय दिवस हो ।

यसवर्षको ‘थिम’ भने’Investment in Women and Girls in Science for Inclusive Green Growth’  रहेको छ । यसको अर्थ हो, ‘समावेशी हरित विकासका लागि विज्ञानमा महिला र बालिकाहरुमा लगानी गर्नु ।’

यहाँ म सानो किस्सा प्रस्तुत गर्दैछु, छिमेकी राष्ट्र भारतमा वैज्ञानिकहरुको स्पेस प्रविधिमा पछिल्लो समय भएको योगदानको आँकलन । जसमा महिला वैज्ञानिकहरुको योगदानको सराहना विश्वले गरेको पाइन्छ । ‘इस्रो’ नामक ‘स्पेस’ परियोजनामा भारतबाट महिला वैज्ञानिकहरु छनौट गरिएको थियो । उनीहरुको योगदान र विद्धताले गर्दा भारतले सन् २०१२ को अप्रिल महिनाबाट शुरु भएको ‘मार्स अर्विट मिशन’ केवल १८ महिनामा पूरा गरेको थियो । यस विषयमा विश्वभरि विभिन्न वृत्तचित्र र चलचित्रहरु बनेका पाइन्छन् । आधुनिक विश्वमा विज्ञान र प्रविधि अनि नवप्रवर्तनमा महिलाहरुको योगदानको कदर गर्ने विशशेष दिन फेवु्रअरी ११ मा यहाँहरुलाई स्वागत छ ।

अन्तर्राष्ट्रिय स्तरमा विकास लक्ष्य हासिल गर्न विज्ञान र लैङ्गिक समानता दुवै महत्वपूर्ण छन् । पछिल्लो १५ वर्षमा, विश्व समुदायले विज्ञानमा महिलाहरूको उत्साहपूर्ण संलग्नता गराउन प्रयासरत छ । यद्यपि महिला अथवा केटीहरु विज्ञानमा पूर्णतया आफ्नो सहभागिता जनाउन असक्षम भएको देखिन्छ । यो अवस्थामा विश्वभरका वैज्ञानिक रिसर्च गर्ने व्यक्तिहरुमा ३० प्रतिशत भन्दा कम महिलाहरूको संलग्नता भएको पाइएको छ । यो आँकडा पुरुषको तुलनामा निक्कै कम हो ।

अध्ययनकै क्रममा रहेका छोरीहरुले आफ्नो उच्च शिक्षामा विज्ञान विषय रोजेर अघि बढ्नेमा कम उत्साह देखाएका छन । विज्ञहरुका अनुमान अनुसार, हाम्रो समाजमा लामो समय अघिदेखि रहेको लैङ्गिक असमानताकै कारण महिलालाई यो वैज्ञानिक युगमा पनि विज्ञानतिर कुनै आकर्षण नभएको हुन सक्छ ।

हामी महिलाको सशक्तिकरण, महिलाको सहभागिताबारे अनेकन कुराकानी गर्छौ । महिला समानताका लागि थुप्रै पहल संसारभरि नै हुने गर्छ । तर, दिन–प्रतिदिन विज्ञानको महत्व बढिरहेको योे युगमा पनि हामी कहाँ महिलाहरु विज्ञानमै पछाडि रहे भने आउँदो समयमा के महिला–सशक्तिकरण सम्भव छ त रु हामीमध्ये धेरैले यो कुरा सोचेका छैनौ होला ।

त्यसैकारण हरेक वर्षको फेवु्रअरी ११ का दिन संयुक्त राष्ट्र संघले यो चिन्ताको विषयमा विचार–मन्थन चलाउन र जागरण अभियान निम्ति आजको दिनलाई निकै महत्व दिने गरेको छ । उसले दिवसका रुपमा लिन र उत्सवका रुपमा मनाउन विश्वलाई प्रेरित गरिरहेको छ ।

महिलाहरुको विज्ञानमा समान पहुँच र उत्साहजनक उपस्थितिले मात्र महिला र पुरुषबीचको असमानता अन्तर घटाउन सक्छ । हामी ‘भ्यालेन्टाइन’ महिनामा छौं । यो बेला पुरुष मित्रहरुले आफ्नो प्रिय महिला मित्रहरुलाई थुप्रै तरिकाले सम्मान र माया प्रदान गरिनै रहेको छौं ।

यसै महिनामा परेको आजको दिनले पुरुष मित्रहरुलाई आफ्नो प्रिय महिला मित्रलाई विज्ञानसँगको संलग्नता र सहभागिता के÷कस्तो छ रु कसरी सुधार्न सकिन्छ भनी सोच्ने मौका दिएको छ । आजको दिनको महत्व विश्वभरिका महिलाले बुझ्न जरुरी छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 432

प्रतिक्रिया (०)

सम्बन्धित खबर