Aamsanchar

विद्यालयमा कुटिएका छात्रको निधन,चम्पापुर माविका प्रधानाध्यापक र कार्यलय सहायक प्रहरीको नियन्त्रणमा

Author Image
बिहिवार, माघ २९, २०७७

कनकाई । झापाको कानकाई नगरपालिकास्थित चम्पापुर माध्यमिक विद्यालयका प्रधानाध्यापक र अर्का एक शिक्षक बुधवार साँझ पक्राउ परेका छन् ।

सोही विद्यालयमा कक्षा ४ मा अध्ययनरत १० वर्षीय विद्यार्थीको कुटपिट पछि मृत्यु भएको आरोपमा विद्यालयका खरिदार पदमा कार्यरत रवीन मगर र विद्यालयका प्रधानाध्यापक विष्णु कोइरालालाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ ।

विद्यालयको कार्यलय सहायक (खरिदार) पदमा कार्यरत मगरले कक्षा ४ मा पठन–पाठन गराउने क्रममा सोधेको कुरा नजानेको भन्दै गत माघ १८ गते १० वर्षीय विद्यार्थी कृष्ण प्रसाद राजवंशीलाई कुटपिट गरेको बताइएको छ ।

शिक्षकको कुटाईबाट विद्यार्थीको कान सुन्निएको र उपचारका लागि तत्काल स्थानीय मेडिलक पु¥याइएको थियो बिद्यालयका एक शिक्षकले भने – मेडिकलले बच्चाको कान सुन्निएको छ ठूलो अस्पताल लानु भनेपछि बिर्तामोडस्थित बिएण्डसी अस्पताल पु¥याइएको थियो । तर, त्यहाँ उपचार सम्भव नभएको भन्दै आज बिराटनगरस्थित नोवल मेडिकल कलेज रेफर गरिएको र अस्पताल पु¥याएर उपचार शुरु गरेलगत्तै विद्यार्थीको मृत्युभयो – उनले भने ।

रबीन सरले पढाउने क्रममा ‘वाट इजयोर ग्रेण्ड फादर नेम’ भनेर सोच्नु भएको रहेछ उनले भने – विद्यार्थीले नजानेपछि कान तान्नु भएको भन्ने सुनिएको हो आफूले देखेको छैन तर विद्यार्थीको के कारणले मृत्यु भयो पोष्टमार्टम रिपोर्ट पछि खुल्ला । सुन्दैछु निमोनियाले गर्दा बच्चाको निधन भएको हो रे ।’

यता इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक सन्तोष आचार्यले शिक्षकको पिटाईबाट विद्यार्थीको मृत्यु भएको भन्ने खवर आएपछि प्रधानाध्यापकलाई शिक्षकको घर देखाउनका लागि लगिएको र शिक्षकसहित उनलाई पनि सोधपुछका लागि राखिएको छ । घटनावारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

विद्यालयमा शिक्षक कम भएको समयमा मगरलाई विद्यार्थी कन्ट्रोल गर्न र पढाउने जिम्वेवारी दिने गरेको बताइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 413

प्रतिक्रिया (०)

सम्बन्धित खबर