इटहरी । इटहरी उपमहानगरपालिकाका प्रमुख द्धारिकलाल चौधरीले दल विशेषमा हुने राजनीतिक विग्रहले इटहरीको बिकासमा कुनै असर नपार्ने बताएका छन् ।
मंगलबार ९ नम्बर वडा कार्यालय भवनको शिलान्यास गर्दै मेयर चौधरीले इटहरीको बिकाशमा कुनै असर नगर्ने बताएका हुन् । उनले आफ्नो उपस्थिति कुनै समूहको भेला र वैठकमा नभएको बताएका छन् ।
प्रमुख चौधरीले सम्पूर्ण ध्यान इटहरीको बिकासमा लगाएकाले युद्धस्तर विकास भइरहेको जानकारी दिए । इटहरीको विकासमा उल्लेखनीय जनसहभागिता रहेको भन्दै आगामी दिनमा पनि जनसहभागिताको अपेक्षा समेत गरेका थिए । उनले वडा कार्यालर्य भवन बनाउँदा निमार्णको गुणस्तरमा कुनै पनि सम्झौता नहुने र तोकीएको समयमा काम सक्नुपर्ने दावी गरेका छन् ।
७२ लाख २९ लागतमा बन्ने वडा कार्यलय भवनका लागि जिल्ला समन्वय समितिको ५० र बाँकी उपमहानगरको रहने वडा सदस्य गणेश केसीले जानकारी दिए ।