Aamsanchar

बुद्धशान्तिको सीतारमेश बहुमुखी क्याम्पसमा अध्यक्ष पद्का लागि पोख्रेल र तिवारी चुनावी मैदानमा

Author Image
बुधवार, फागुन ५, २०७७

बुधबारे । सीतारमेश बहुमुखी क्याम्पस बुद्धशान्तिको नयाँ नेतृत्व चयन हुने भएको छ । वर्तमान समितिको पदावधि सकिएसँगै नयाँ नेतृत्व चयन हुने भएको हो ।

नयाँ नेतृत्व चयनका लागि निर्वाचन मण्डल गठन भई नेतृत्व चयनका लागि विभिन्न पकृया शुरु भएका छन् । जस अन्र्तगत अध्यक्षमा दुई जनाको उम्मेद्वारी परेको छ । जसमा पदमप्रसाद पोख्रेल र मनोरथ तिवारी रहेका छन् । पोख्रेल वर्तमान अध्यक्ष हुन् भने तिवारी उपाध्यक्ष हुन् ।

त्यस्तै उपाध्यक्ष पदमा तीन जनाको उम्मेद्वारी परेको छ । जसमा जयप्रसाद भण्डारी, प्रेम नेम्बाङ र केशव सापकोटाको उम्मेद्वारी परेको हो । कोषाध्यक्ष पदमा चन्द्रकला काफ्ले र सुशिला तिवारीको उम्मेद्वारी परेको छ भने खुल्ला महिला तर्फ एक सिटका लागि दुई जनाको उम्मेद्वारी परेको छ । जसमा मधुमाया पाठक र विष्णु मैनाली उप्रेती छन् ।

खुल्ला तर्फ एक सिटका लागि केशव सापकोटा, मनोरथ तिवारी, रुद्रप्रसाद चापागाई र विन्दु ढकालको उम्मेद्वारी परेको छ । ८ पदका लागि ३ जना भने निर्विरोध भएका छन् । जसमा जग्गादाता महिला तर्फ गीता खतिवडा ढुंगाना, जग्गादाता खुल्ला तर्फ केदारप्रसाद कोइराला र देवीप्रसाद खतिवडा निर्विरोध भएका छन् ।

गत फागुन २ गते विधानको दफा १० नम्बरमा उल्लेख गरिएको पदहरुमा उम्मेद्वारहरुको मनोनयन दर्ताको समय थियो भने फागुन ७ गते उम्मेद्वारी उपर दावी विरोधको छलफल र उम्मेद्वारीको अन्तिम नामावली प्रकाशनको निर्वाचन तालिका रहेको क्याम्पस प्रमुख केशव ढुंगेलले बताएका छन् ।

फागुन ११ गते निर्वाचनको कार्यतालिका निर्वाचन समितिले प्रकाशन गरेको छ । निर्वाचन समितिको संयोजकमा बसन्त नेपाल रहेका छन् ।

 

 

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 183

प्रतिक्रिया (०)