Aamsanchar

सहारा (साकोस)ले ११६ जनालाई वितरण गर्यो कोभिड सहायता रकम

Author Image
शुक्रवार, फागुन ७, २०७७

चारपाने । देशमै ठुलो संस्थाको रुपमा स्थापित झापाको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले आफ्ना शेयर सदस्यहरु समक्ष कोभिड सहायता कार्यक्रम सम्पन्न गरेको छ ।

शुक्रबार सुरुंगामा आयोजित कोभिड सहायता कार्यक्रम मार्फत कोरोना बाट निधन हुने ३ जना शेयर सदस्य र १ जना कर्मचारीका परिवारलाई ९ लाख ८७ हजार ३ सय ७३ रुपैया  सहायाता रकम वितरण गरिएको छ ।

त्यसैगरी संस्थाका विभिन्न शाखा मार्फतमा सहारामा आवद्ध शेयर सदस्यहरु मध्येबाट कोरोना पोजेटिभ भई आईसोलेसनमा बसेका ९८ जनालाई १४ दिन दिने आसोलेसन भक्ता वापत जनही ७ हजारका दरले ६ लाख ८६ हजार रुपैया वितरण गरिएको छ ।

उपचारको लागि अस्पताल भर्ना भएका १४ जना शेयर सदस्यलाई १५ लाख ९७ हजार ७ सय ६३ रुपैया प्रदान गरिएको छ ।

लकडाउनको बेला पनि अतिविपन्न लघुवित्तमा आवद्ध सदस्यहरुलाई खाद्ययन्न लगायतका अतिआवश्य बस्तु उपभोग गर्नेगरी ७ हजार ८ सय १६ जनालाई २ करोड ६८ लाख २३ हजार रुपैया सापटी उपलब्ध गराएर उदाहरणिय संस्था बनेको सहारा साकोसले गत आर्थिक बर्षमा सदस्य हितका लागि १० प्रतिशत व्याज मिनाहमा ३ करोड ४५ लाख छुट प्रदान गरेको जीवन वरदान कार्यक्रमका प्रमुख भक्त खड्काले जानकारी दिए ।

‘कोभिड महासंकटको वेला सहाराले सदस्य बाहिर रहेका समुदायमा पनि उल्लेखनिय सहयोग उपलब्ध गराएको थियो । जस अनुसार प्रदेश सरकार, स्थानिय निकाय, जिल्ला विपद व्यवस्थापन समनवयन समिति संगको सहकार्यमा क्वारेनटाईनमा बसेका विभिन्न जिल्लाका व्यक्ती, झापाको दमकमा रहेको भूटानी शरणार्थी शिविरमा वसोबास गर्ने परिवार र प्रदेश १ का विभिन्न जिल्लामा रहेका विपन्न वर्गका परिवारमा निशुल्क खाद्ययन्न वितरण र सुरक्षाकर्मीहरुलाई स्वास्थ्य सामग्री गरि ५७ लाख ३५ हजार २ सय ५७ रुपैया राहत प्याकेज उपलव्ध गराईएको’ सहारा साकोसका कार्यकारी निर्देशक महेन्द्र गिरीले बताए ।

समुदाय स्तरबाट स्थापना गरिएको पिसिआर ल्यावका लागि सहयोग उपलव्ध साथै कोरोना कहरका कारण व्यापार व्यवसाय चल्न कठिन भएको अवस्थालाई मध्यनजर गरेर १०.९९ प्रतिशत व्याजमा कर्जा उपलब्ध गराईएको जानकारी दिईएको छ ।

संस्थाका कार्यवहाक अध्यक्ष हरिप्रसाद निरौलाको अध्यक्षतामा आयोजित कार्यक्रममा कनकाई नगरपालिकाकी उपप्रमुख मञ्जु प्रसाईको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा कनकाई नगरपालिका वडा नम्बर ३ का अध्यक्ष रुद्रप्रसाद चिमरिया, सुरंगा जेसीजका संस्थापक अध्यक्ष लिलाप्रसाद चिमरिया, सुरुंगा खानेपानी तथा सरसफाई समितिका अध्यक्ष भिम अधिकारी, कनकाई सामुदायिक बन उपभोक्ता समितिका अध्यक्ष ख्याम ओली लगायते सहारा साकोसले शेयर सदस्य र समुदायका लागि गरेका कामको उच्चप्रशंषा गरेका थिए ।

कार्यक्रमको संचालन शुक्र तामाङले गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 377

प्रतिक्रिया (०)

सम्बन्धित खबर